काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाका मतपत्र छापिसकेको जनाएको छ ।सोमबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि ९५ लाख थान मतपत्र छपाइ सकिएको बताए ।

निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र नेताहरुसँग त्यसबारे जवाफ पनि माग गरिएको बताइएको छ । निर्वाचन मिति नजिकिदै जाँदा विभिन्न राजनीतिक दल र नेताहरुले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्ने गुनासो आएपछि आयोगले त्यसबारे जवाफ माग गरिएको बताइएको छ । आयोगले १ करोड ९४ लाख मतपत्रमध्ये अहिलेसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय