शनिबार ,भाद्र २५, २०७९ आँखीझ्याल पर्वत :   फलेवास नगरपालिकाको वडा न: ५ मा घरदैलोमा पुगेर सामाजीक सुरक्षा भत्ता खाता खोलीएको छ । अशक्त ,वृद्धा ,असहाय तथा बैंक सम्म पुग्न नसक्ने लाभग्राहिहरुलाई लक्षित गरि वडा ५ का जनप्रतिनिधिहरु तथा स्थानियहरुको सहयोगमा राष्ट्रीय वाणिज्य बैंक शाखा कार्यालय फलेवास बाट घरदैलो मा गई खाता खोल्ने कार्य गरियको हो ।


बैंक सम्म जान नसक्ने लाभग्राही हरुको घरसम्मै बैंकका कर्मचारीहरु पुगेर खाता खोलिदिदा स्थानिय लाभग्राहीहरु खुसी भएका छन भने बैंक सम्म जान बर्षायामको बाटोमा सास्ती हटेको अशक्त ,वृद्धा ,असहायहरुले बताएका छन ।शाखा कार्यलय फलेवासका शाखा सहायक प्रबन्धक विजय ढेवाजु र रमण पंगेनीको नेतृत्वमा घरदैलो पुगेका हुन् । बैंक शाखा सहायक प्रबन्धक विजय ढेवाजुले “जनतालाई सहज हुनेगरी बैंकीङ सेवा प्रवाह गर्नकालागि राष्ट्रिय वाणिज्य बैंक सधैं तत्पर रहेको र भोलिका दिनहरुमा घरदैलोमा पुगी वित्तीय साक्षरता अभियान समेत चलाउने बताउनुभयो ।”  भने बैंक कर्मचारी रमण पंगेनीले ” घरघरमा गएर खाता खोल्दा लाभग्राहीहरुको खुसी देख्दा आफूलाई पनि खुसीलागेको र भोलिका दिनमा पनि अझ सहज ढंगबाट खाता खोल्ने सामाजिक सुरक्षा भत्ता वितरण गर्ने साथै जनतालाई आफ्नै बैंकको अनुभुती दिलाउने कार्य गर्ने बताउनुभयो ” ।

साथै उक्त कार्य सहज गर्नका लागि उपस्थित हुनुभएका जनप्रतिनिधि तथा बैंकका कर्मचारीहरुलाई स्थानीयहरुले खुसी भएर धन्यवाद दिएका छन् ।भने पछिल्लो समय लोकप्रिय बन्दै गएको पैसा डवल मुद्दती खाता खोल्नका लागि स्थानीयहरुलाई बैंकको तर्फबाट कर्मचारीहरुले निमन्त्रणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय