पतिना सुगन्धित तुलसी परिवारको प्रशस्त पानी रुचाउने भार हो। यो तराईदेखि पहाडसम्म ठण्डा हावापानी भएको, सेपिलो र ओसिलो ठाउंमा बढी सप्रेर हुर्केको हुन्छ। यसको कार सदावहार हुने सेतो डांस र रातो रंगको लहरी बोट हुन्छ। यसका पात लहरा खाले डांसमा एक ठाउँबाट दुईवटा सँगै निस्केको अण्डाकारको छेउमा दांती छिया भएको खैरो रंगको हुन्छ। पुदिनो पलाएको डांसका बीचबाट आखला आख्लामा जरा हालेर घुडा टेकी एक ठाउंबाट छिरेर अर्को ठाउमा निस्कदै फैलिने गर्दछ। यो औषधि मसलाका लागि कुनै पनि बेलामा हरियो र खैरो भैरहन्छ। यसका डासहरुका टुप्पामा झुप्पा भएर फिक्का प्याजी रंगका फूलहरु साउन-भदौमा फुल्ने गर्दछन् । यसका डांस, पात र टुप्पा सबै सधै मीठो बासनादार हुन्छन्। टुप्पा र पातको स्वाद हल्का भम्कमाउने मीठो स्वादका हुन्छन्।
खेती तथा नर्सरी
पतिनाको खेती गर्नका लागि छुट्टैखाले जग्गा र ठूलै मेहनतको खाँचो हुदैन, बुर्बुराउँदो, चिसो माटो, पानीको निकास भएको धारा, खोला, खोल्साको छेउछाउ, कूलाको डील, नहर पानी दहको वरिपरी खेतबारीको भित्ता, काल्ना जताततै डांस, जरा उखेलेर माटोमा गाडी, कोचिदिएर, कलमी गरेर, उमार्न/हुर्काउन सकिन्छ। खेतीका लागि डाँस, लहरा माटोले छोपेर ढाकी उमार्न माघ फागुन महिनामा यो काम गर्नु बढी उपयुक्त हुन्छ। तर डांस सारेर भार उम्रन सधै सफल भएको पाइन्छ। यसरी सारेको पतिना २१४ वर्षमा नै पूरा ठाउँ ढाकेर भाङ फैलिने हुनाले यसलाई ४५ मिटरको दुरीमा ठाउँठाउँमा समूह समूह रोपेर खेतीका लागि प्रशस्त बनाउनु पर्छ। यसलाई खेतीका रुपमा व्यावसायिक तवरले तराई क्षेत्रमा अनेत्र कतै-कतै काम गरेको पाइएता पनि पहाड़ी ठाउँका गाउँबस्तीमा सामान्यरुपले जताततै खाने/प्रयोग गर्ने गरेको पाइन्छ ।
संकलन तथा भण्डारण
पतिनाका पात तथा टुप्पाहरु टिपेर सुकाउँदा जतिबेलामा पनि नभएका ठाउंमासमेत खान् उपयोग गर्न सकिन्छ । यसका पात र टुप्पा छिप्पिएका बेला भदौ असोजमा खैरो रंग बसेपछि टिपेर संकलन गर्नुपर्छ। यसरी संकलन गरेको पात, टुप्पा खान, औषधिको लागि भिक्स निकाल्न स्तरीय मानिन्छ। टिपेको पुदिनालाई घाममा २ दिनसम्म सुकाएर मुर्मर परेपछि ओभानो ठाउँमा जम्मा पारी राख्नु पर्दछ। यसलाई पटक-पटक हेरी घाममा सुकाएर मुर्मुराउदो बनाउँदै ढुसी पर्न नदिई भण्डारण गरेर राख्नु पर्छ। तेल निकालेर भिक्स बनाइने Mentha पातलाई हल्कारुपले सुकाइ प्रशोधन गरेर उपयोग गर्न थैलीमा राखी तयार गर्नुपर्छ।
उपयोगिता
पतिनाको पात, टुप्पा र यसको रोग निकालिएको रस/तेल र औषधिका लागि बहुउपयोगी हुन्छ। यसको धूलो चिया बनाउन, दन्त मन्जनमा प्रयोग गर्नका साथै चुइगम र मिठाइ बनाउनमा पनि उपयोग गरिन्छ। यसको रोगबाट मदिराको उत्पादन गर्ने पदार्थ बनाइन्छ। यसलाई औषधिका रुपमा ज्वरो आएमा, रुघाखोकी लागेमा, मुख बिग्रेमा, पिसाब रोकिएको खुला गर्न परेमा, पनि उपयोग हुन्छ । यो अचार, चटनी बनाउन बढी उपयुक्त हुन्छ साथै अरुची हटाउन पनि उपयुक्त हुन्छ ।
प्रयोग गर्ने विधि
औषधिका रुपमा प्रयोग गर्नका लागि पतिनाका पात तथा टुप्पाबाट बनाइएको धूलो तातो पानीमा हालेर झोल खानुपर्छ। अचार र चटनी बनाउन धूलो मिसाइ खाने गर्नुपर्छ। यसको तेल, भिक्स निकाल्न टुप्पा, पात टिपेर हल्का सुकाएको (नमुर्मुरिएको) डांस निचोरी औषधि बनाउन प्रशोधन गरी सेकाएर तत्व निकालिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय