सन्देश लामिछाने,पर्वत: विगत दुई-तीन दशक पहिलेदेखि नेपालका विभिन्न प्रश्ञ्चल तथा जिल्लाहरूमा देखापरेका गुफाहरूको महत्त्व जति देखिन्छ त्यत्ति महत्त्व सोभन्दा अघिको समयमा सुनिएको जस्तो लाग्दैन । यसको मूल कारण यातायातजस्तो अति आवश्यक साधन र अन्य कतिपय कारणको अभावले हुन गएको हो भन्न सकिन्छ । फलतः नेपाल अरू मुलुकहरूको तुलनामा सबै पक्षमा पछि पर्नुपरेको छ । तर केही दशकपछि आएर देश ने विभिन्न किसिमका विकासका खुड्किलाहरू पार गर्ने जुन मौका पाउन थाल्यो त्यसबाट केही मात्रामा भए तापनि देशको विभिन्न सुगम र दुर्गम क्षेत्रहरूमा छिपेका कतिपय महत्त्वपूर्ण ऐतिहासिक एवं दर्शनीय स्थलहरू क्रमशः यसरी प्रकाशमा आउन सकेका छन् भन्नु कुनै अत्युक्ति नहोला । अर्को शब्दमा विकासका प्रति महत्त्वपूर्ण पक्षहरूको अनुपातमा यसलाई यत् किञ्चित नमानिए तापनि आ-आफ्नो ठाउँविशेषको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको महत्त्वलाई भने यसले निःसन्देह दर्शाएको हुन्छ ।
यस परिप्रेक्ष्यमा धवलागिरि अञ्चल पर्वत जिल्लाको ‘गुप्तेश्वरी गुफा’, कोशी अञ्चल संखुवासभा जिल्लाको ‘बालेश्वर गुफा’, गण्डकी अञ्चल काश्की जिल्लाको ‘महेन्द्र गुफा’ र दमौलीस्थित ‘व्यास गुफा’ आदिलाई दृष्टान्तको रूपमा लिन सकिन्छ । अधिराज्यभरिका यस्तै सानातिना गुफाहरूको यहाँ वर्णन गरी साध्य छैन । संखुवासभा जिल्लाको ‘बालेश्वर गुफा’, काश्कीको ‘महेन्द्र गुफा’ र दमौलीको ‘व्यास गुफा’ ले आफ्नो स्थान ओगटेका छन् भने धवलागिरि अञ्चलको पर्वत जिल्लामा पर्ने ‘गुप्तेश्वरी गुफा’ को पनि आपने महत्त्वपूर्ण पौराणिक स्थान छ भन्न सकिन्छ । यस सन्दर्भमा यहाँ गुप्तेश्वरी गुफाको चर्चा गरिन्छ । ‘गुप्तेश्वरी गुफा’ पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार, शिवालय पञ्चायत वडा नं. ९ अन्तर्गत पर्दछ । यो गुफा बजारवाट करीब एक हजार मिटर अगाडि दक्षिण-पश्चिम खण्डको मध्यभागको भीरपाखामा अवस्थित छ । यस गुफालाई प्राचीन कालमा ‘भालु दुलो’ पनि भनिन्थ्यो । भालु दुलो भन्नुको मुख्य कारण यहाँ जंगल-जंगलले टम्मै घेरिएको थियो र अद्यापि जंगल-जंगलले घेरिएको देखिन्छ । यस कारण शुरू-शुरूमा यहाँ मान्छेको बस्ती निकै कम थियो भनिन्छ । यस हिसाबले हेर्दा ग्राजभोलिको बस्ती विस्तारको तुलनामा त्यसबखत नगण्य नै रहेछ भनी अड्कल काट्न सकिन्छ । त्यस्तो अवस्थामा यहाँ बाघ र भालुको ठूलो जगजगी नहोला भन्न सकिन्न । यिनीहरू यस्तै साना-ठूला दुलाहरूमा लुकेर बस्ने गर्दा रहेछन् भन्ने कुरा एक जना गोठालो आाफ्नो मालिकका गाई बाख्रा चराउँदै जाँदा सो दुलो भएको ठाउँमा पुगेछ । दुलोबाहिरपट्टिको सानो प्रांगनमा भालुका केही बच्चाहरू उफ्री उफ्री खेलिरहेका देखेर डरले अत्तालिदै भागेको जनश्रुति पाइन्छ । एक थरीको यो पनि भनाइ छ कि एकचोटि कुश्मा बजारकै एक जना बलवान् व्यक्ति भालुको सम्भावना देखेर उक्त दुला भित्र खुकुरी नचाउँदै पसेको थियो । यी सब कारणले गर्दा भालु लुकी वस्ने दुलो नै भएको हुँदा त्यस बेलादेखि सो ठाउँलाई भालु दुलो भनिएको होला भन्ने पुष्टि हुन आउँछ । पौराणिक आधारबाट पर्वतराजकी छोरी पार्वती शिवजीबाट विभिन्न रूपले बराबर छलि एकी र आफ्ना आराध्य देवताको खोजीमा लाग्दा सो गुफाभित्र प्रवेश गरेकी थिइन् । संयोगवश शिवजी पनि सोही गुफाभित्र प्रवेश गरेछन् । त्यसबखत पार्वतीले शिवजीको प्राप्तिका निमित्त गुप्त तवरले उक्त गुफाभित्र तपस्या गरी बसेकी रहिछन् भन्ने कुरा महादेवले थाहा पाएपछि उनी प्रसन्न भै पार्वतीलाई त्यहीं वरदान दिएको हुँदा सो ठाउँको नाउँ ‘गुप्तेश्वरी’ रहन गएको हो भन्ने पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । हुन त भालु दुलोको नामले आजतक वरपरका मानिसहरू उक्त गुफासँग जति परिचित थिए र छन् त्यति ‘गुप्तेश्वरी गुफाका नामले छैनन् भनी सुन्नमा पाइन्छ तापनि अहिले अाएर ‘गुप्तेश्वरी गुफा’को नामले नै लोकप्रिय हुँदै आएको छ । समयको अन्तरालमा मान्छेका बस्तीको विस्तार र सोचाइको स्तरमा प्रगति हुनु स्वाभाविकै हो । परिणामतः यस संसारबाट यस्ता डरलाग्दा हिस्रक जनावरहरूको विनाश र यिनको संख्यामा क्रमशः लोप हुँदै गैरहेको प्रस्ट छ । यसको असर पृथ्वीको कुन कुना काप्चामा नपर्ला र ? यिनै असरका आधारविन्दुको रूपमा अवस्थित कुश्माको नगरीमा पनि बस्तीको विस्तार हुँदै जान्छ । दिनहुँ मान्छेको श्रावत जावत भैरहेछ । जसले गर्दा अब बाघ र भालुको डर यहाँ पाइँदैन । निडर र निर्भीकतासाथ मानिसहरू हिड्न र डुल्न सक्छन् । केवल मान्छेरूपी बाघ र भालुसित डराउनुसिवाय अरू कुनैसँग डराउनुपर्ने स्थिति छैन यहाँ । यसरी नै कुश्मा बजारको विस्तार र विकास भैरहेको छ । झन् जिल्लाको सदरमुकाम हुनु, जिल्लास्तरीय सबै कार्या लय, संघ-संस्थाहरू रहनु आदि कारणले गर्दा एकातिर जनजीवनका सोचाइको स्तरमा परिवर्तन हुन आएको छ भने अर्कोतिर विकासको क्रमले यस ठाउँलाई रमाइलो पारिदिएका छन् ।  कुश्मा बजार एक सुन्दर र रमणीय छ । यो ठाउ समुद्रको सतहबाट करीब ३२-३३ सय उचाइमा पर्दछ र वरिपरिका प्राकृतिक सुरम्य दृश्य एवं नदीनालाहरूले गर्दा यहाँको हावापानी स्वच्छ छ । यो ठाउँ सुन्दर हुनुको अर्को कारण बजारदेखि उत्तरखण्डबाट बगेकी कालीगण्डकी (कृष्णागण्डकी) को किनारै किनारबाट उठेर करीब २ हजार मिटरजति अग्लो ढिस्को (पहाड) को केही मुन्तिर जहाँ श्रांशिक मात्रामा समतल जग्गा मात्र रहेको छ, सोही समतल जग्गामा सानो, सुन्दर र चिटिक्क परेको कुश्मा बजारको बनावटले यसको महत्त्व झन् बढेको देखिन्छ । नेपालको सम्पूर्ण कुल नेवार जातिका जन-संख्याको हिसाबमा ३.० प्रतिशतले नेवारी भाषा बोल्ने गर्छन् तापनि यिनै मध्येका केही नेवार जाति जुन बेलादेखि कुश्मा बजारमा बसोबास गर्न थाले त्यस बेलादेखि नै यहाँको सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवन पद्धतिमा समेत क्रमिक सुधार र प्रगति भएको पाइन्छ । अर्को कुरा, सांस्कृतिक पक्षमा यी जनजातिमा जति बढी सजगता भेटिन्छ, त्यति ग्ररू जातिहरूमा पाइँदैन त्यसैले पनि यिनीहरूले जहाँ पनि देवी मन्दिर र मूर्तिहरू निर्माण र स्थापना गरेर ईश्वरप्रतिको आफ्नो अगाध विश्वास प्रकट गरेका हुन्छन् । यिनै धार्मिक आधारले गर्दा कुश्मा बजारमा अवस्थित ‘गुप्तेश्वरी गुफा’को महिमा हुनु अर्थपूर्ण देखिन्छ । तर यो गुफा जति भिरालो पाखाको अनकण्टार श्रीडारभित्र छिपेको छ त्यत्तिकै यसको धार्मिक महत्त्व यहाँभित्र अंकित सुन्दर प्रतिमाहरूले बढाएका छन् ।
बाग्लुङबाट पूर्व प्रन्दाजी ७ माइल परको अनकण्टार पहरोमा रहेको ‘गुप्तेश्वरी गुफा’ को स्थानमा पुग्न कुश्मा बजारबाट पनि पांच सय मिटर अगाडिपट्टिको श्रोरालो भीरको साँगुरो गोरेटो पक्रेर जानुपर्दछ । यहाँबाट अझ कहालीलाग्दा भीरपहराहरू देखिन्छन् । यसरी भीरपाखाको गोरेटो हुँदै झोलंदा ४-५ सय मिटर जति तलको फेदीबाट बगेकी कालीगण्डकीको मनोरम छाल र छिटाले मनलाई मानन्द तुल्याइदिन्छ भने प्रकृतिको सुन्दर कोखबाट झरेका झरनाको आवाजले शीतलता प्रदान गर्छ । यिनै कहालीलाग्दो भीर र ओरालो सँगसँगै गुप्तेश्वरीद्वारको प्रवेशकक्षमा पुगिन्छ । प्रवेशद्वारको अगाडिपट्टिको खण्डमा २-४ मिटर लम्बाइ चौडाइ -को सानो आँगन (चौर) जस्तो छ । जहाँ पुग्दा भालुका बच्चाहरू उफ्री उफी खेलिरहेका घटनाको स्मरण हुन्छ । अनि प्रवेशद्वार कडा पत्थरं पत्थरबाट बनेको देखिन्छ द्वारको बायाँपट्टि भीमकाय पहाड दायाँपट्टिको पहाडसँग ढेप्पिएको हुँदा दायाँ र बायाँपट्टिका पहाडको माथिल्लो भाग साँघुरिदै गएकोले द्वार त्रिभुजाकारको रूपमा निर्माण भएको प्रतीत हुन्छ । गुफाभित्रको रहस्यमय चित्रको अवलोकन गर्न सोही प्रवेश द्वारको मूलबाटोबाट प्रस्थान गर्नुपर्दछ । प्रस्थानद्वारको ४-५ मिटर जति परसम्म बाहिरका प्रकाशले साथ दिन्छ । त्यसपछि विस्तार प्रकाशबाट टाढिदै गइन्छ र अगाडिका सम्पूर्ण गुफाभरिको बाटो चूक जस्तो अन्धकारले व्याप्त भएको देखिन्छ । यद्यपि अन्धकारलाई छिचोल्न सलाई, मैनवत्ती र टर्चलाइट जस्ता प्रकाशका साधनहरू लगिएको हुन्छ तापनि टर्चलाइटले जति काम दिन सक्छ त्यति सलाई र मैनवत्ती दिन सक्तैन । किनकि गुफाभित्र अक्सिजनको प्रभाव महसूस हुन थाल्छ । यति हुँदाहुँदै पनि क्रमिक गतिले अगाडि ने बढ्नुपर्दछ । गुफाभित्रको उचाइ र चौडाइको क्षेत्र निकै फराकिलो देखिए तापनि बाटोको रेखा साँगुरो र नागबेली परेकोले अगाडि बढ्न कतै केही उक्लनु र ोलनुपर्ने पनि हुन्छ । जतिजति अगाडि गइन्छ उतिउति नजीकमा ठडिएका खस्रो ढुङ्गाहरूको थुम्काथुम्की सादिले कतै कोतर्छन् भने कतिखेर खुट्टाका औँलाहरूमा ठेस लाग्छ । यस्तै किसिमबाट ३०-३५ मिटर परको नदेखिने कन्दराबाट पानीको छहरा … छ्याङ छ्याङ… गरी झरेको श्रावाज सुनिन्छ । त्यही छहराको पानीलाई टेबदै जानुपर्ने हुन्छ, जुन छचल्किदै बगेको पानीले ग्राङमा लगाएका लुगाहरूमा उछिट्टिएर छेप्न पुग्छ ।
यसरी एकातिर पत्थर पत्थरले घेरिएको यस्तो ठाउँमा पनि कसरी र कहाँबाट पानी रसाएको होला भन्ने कुरा सोच्नुपर्छ भने अर्कोतिर प्राँखाअगाडिका भित्ताहरूमा देखिदै जाने विभिन्न किसिमका सुन्दर आकृति र प्रतिमाहरूले चित्तापित गराउँदछन् । अनि पचास मिटर जति दूरीका पहराहरूमा चुनले बनेका देवीदेवताहरूका प्रतिमाहरू प्रकाशमान देखिन्छन् । पहिले-पहिले यी मूर्ति र प्रतिमाहरू ज्यादै प्रकाशमय भएका हुँदा गुफाभित्र यिनकै प्रकाशले जान सकिन्थ्यो रे ! तर हाल त्यो सत्य सावित हुँदैन यी विभिन्न आकृतिका मूर्तिहरूमध्ये पहिले शिवजी र साथमा सढिको चित्र स्पष्ट देखिन्छ भने बाघ र सिंहको ग्राकार पनि अंकित छन् । यसरी नै मर्यादापुरुषोत्तम भगवान् रामचन्द्र, सीता र लक्ष्मण को साथमा रामभक्त हनूमानको भव्यमूर्ति छर्लङ्ग देखिन्छ भने कछुवाको हुबहु सुन्दर श्राकृतिले छक्क पार्दछ । हजार जिब्रा भएका शेषनाग भगवान् विष्णुका शिरको शोभा भई बसेको भव्य मूर्ति र सूर्यचन्द्रग्रंकित श्राकृतिहरू पनि देखिन्छन् । एकातिर फुटजति अग्लो शिवलिंग छ भने अर्कोतर्फ शिवजीको जटाबाट पानीको धारा अविरल बगिनं रहेको देखिन्छ । शिवको शिरबाट झरेको पानी ग्रीष्म ऋतुमा क्रमशः कम हुँदै जाने कुरा प्रत्यक्ष दर्शीहरूका भनाइबाट थाहा पाइन्छ । यस्तै चंदुवा टाँगिएको, मण्डप बनाइएको र मण्डपको वरि परि तेत्तीसकोटी देवता र ब्राह्मणहरू भेला भै देवसभाको रूपमा सभा बसेका जस्ता विहङ्गम दृश्यले हाम्रा प्राचीन ग्रन्थहरूमा उल्लिखित घटनाको ताजा स्मरण हुन्छ । यसपछि १०-१५ मिटर टाढाको अर्को कोप्चेरामा सुख्खा बुर्बुराउँदो खालको धूल-धूलो माटो भएको अलिकति जमीन भेटिन्छ । सो जमीनको दायाँपट्टि तरेखु (धान्ययज्ञ गर्दा खाग गराइएको खरानी) राखिएको पाइन्छ । तरेखुको दायाँपट्टि ढुङ्गाको नगरा बज्दछ । गुफा भित्र यस किसिमको बज्ने ढुङ्गा फेला पर्नु अचम्म लाग्दछ । क्रमशः अगाडि बढ्दै जाँदा ५० मिटर परको अर्को भित्तामा पञ्चपाण्डवका तन्दुरुस्त प्रतिमाहरू अंकित छन् । ती पाँच पाण्डवमध्ये नकुलको मूर्ति भाँचिएको पाइन्छ । यसरी अवलोकनको सिलसिलामा अन्य यस्ता कतिपय मूर्ति र प्रतिमाहरू हाल भाँचिएको अवस्थामा फेला पर्दछन् । त्यसदेखि केही पर काठको एउटा भन्याऊ ठड्याइएको छ, जुन जीर्ण अवस्थाको छ । उक्त गुफाभित्र सो भन्याङ कसले र कहिले राखेको हो पत्ता लाग्न सकेको छैन तापनि प्रवेशद्वारदेखि भन्याङ सम्मको करीब तीनसय दूरी परको यति ठूलो र फराकिलो अँध्यारो गुफाको भित्री एरियाबाट पनि दोस्रो खण्डको अर्को गुफाभित्र प्रवेश. गर्न एक-डेढ फुट जति पहरा फाटेको स्पष्ट देखिन्छ ।
पहिलो खण्ड र दोस्रो खण्डको गुफालाई क्रमशः स्वर्गलोक र ब्रह्मलोक भन्ने चलन छ । यसलाई दुई खण्डमा विभाजित गरिएको छ । स्वर्गलोकबाट ब्रह्मलोकमा जान त्यही फाटेको पहराबाट नै प्रवेश गर्नका लागि बीचमा भन्याङ राखिएको हुनुपर्दछ। उक्त भन्याङको सिढी चढेर फाटेको पहराबाट विस्तारं शरीर बंग्याउँदै दोस्रो खण्ड (ब्रह्मलोक) को गुफामा उक्लनुपर्दछ । यसरी सो फाटेको पहराबाट जो सजिलैसंग छिरेर जान सक्छ त्यो धर्मात्मा र नसक्ने व्यक्ति पापी हो भन्ने किम्वदन्ती छ । जसले पापबाट मुक्ति पाएका छन्, तिनीहरूले मात्र ब्रह्मलोकको दर्शन गर्न पाउँछन् भन्ने मतले त अवश्य तर्साएको हुँदैन तापनि ब्रह्मलोकको दर्शन र अवलोकन गर्न अर्को बलियो आँट कस्नुपर्दछ । किनकि पहिलो खण्डको (स्वर्गलोक) गुफाभित्र अक्सिजनका अभावको बढ्दो क्रमले उकुसमुकुसको महसूस गर्नुपर्दछ भने झन् दोस्रो खण्डमा पुग्दा कस्तो अनुभव होला सहजै अड्कल काट्न सकिन्छ । यी सर्व कुरालाई पचाउन सक्ने व्यक्तिमात्र दोस्रो खण्डको गुफाभित्र प्रवेश गर्न आँट गर्दछन् । तर जेहोस्, धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले कुश्मा बजारको ‘गुप्तेश्वरी गुफा’ प्रति महत्त्वपूर्ण रहन गएको छ । ईश्वर र धर्मप्रति समर्पित निष्ठावान्हरूका निमित्त यो एक पवित्र धार्मिक स्थल मान्न सकिन्छ भन्ने कुरा यहाँभित्र प्रवेश गरी दर्शन गर्ने मौका पाई ईश्वरप्रति नतमस्तक भै पाठपूजा गरी फर्केकाहरूबाट सिद्ध हुन आउँछ । यद्यपि भूगर्भवेत्ताहरूले यसलाई आफ्नै अर्थ लगाउन सक्लान् तापनि गुफाभित्र प्रवेश गरिसकेपछि त्यहाँको विहङ्गम भव्य दृश्यहरूमा कत्तिको प्रभाव पर्न सक्छ भन्ने कुरा एकचोटि गुफाभित्र पुग्न चासो राख्नुपर्ला जस्तो लाग्छ ।
‘गुप्तेश्वरी गुफा’को सन्दर्भलाई लिएर प्रसिद्ध समालोचक श्री कृष्णचन्द्रसिंह प्रधानज्यूको शब्दमा “चीनको एउटा प्रान्तमा एउटा यस्तो गुफा छ जुन प्राकृतिक रूपले मात्र नभएर व्यवस्थित ढङ्गले आकर्षित तुल्याइएको छ । उक्त गुफासँग कुश्माको गुफालाई दाँज्न सकिदो रहेछ” भन्नुहुन्छ । हुन पनि सहीमानेमा साँच्चै भन्ने हो भने गुप्तेश्वरी गुफालाई धार्मिक दृष्टिकोणले मात्र नहेरीकन अरू पक्षमा विशेष गरेर विदेशी पर्यटकहरूका लागि एउटा क्षेत्रको रूपमा बनाइ दिने हो भने यो क्षेत्र एउटा श्राकर्षक केन्द्रबिन्दु बन्न सक्छ ।
त्यसको लागि स्थानीय समाजसेवी, धर्मावलम्बी तथा सम्बन्धित निकायहरूबाट प्रबन्ध मिलाउनु नितान्त श्रावश्यक देखिन्छ । समयोचित तरीकाले प्रबन्ध मिलेको खण्डमा आर्थिक दृष्टिकोणले यो क्षेत्रको भविष्य अति उज्वल छ अनि यसको प्रत्येक क्षेत्रमा प्रगति हुने थियो । तर यस दिशातर्फ आजसम्म कसैको ध्यान गएको छैन । यो अनमोल संस्कृति प्रति सम्बन्धित निकायको ध्यान जानु नितान्त आवश्यक छ ।
गुफा भित्र प्रवेश गर्दा अहिले  फलामको बाटो  र  उक्लने भर्याङ्ग  बनाइएको छ । तर पहिला गुफा छिर्दा जस्तो अनुभव    अहिले हुदैन  ।  सजिलोसँग गुफा भित्र जानकोलागि बनाएको  बाटोले गर्दा प्रकृति सगँ जोडिन र महसुस गर्न हुन् पनि सकिदैन् । राम्रो सोचेर बनाइएको भए पनि गुफाको भने अस्तित्व र  महत्त्व घटेको अनुभुती गराउछ ।  कुश्मा अहिले पर्यटनको लागि एकदमै महत्त्वपूर्ण गन्तव्य बनेको छ । तर यहाँका अन्य सम्पदाहरुको बारेमा प्रचारप्रसार नभएको र स्थानीय निकाएको ध्यानाकर्षण कम भएको महसुस भने प्रयाप्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय