आँखीझ्याल : सिमलीको वैज्ञानिक नाम: Vitex negundo हो सिमली नेपालको तराईदेखि पहाडसम्म पाइने मझौला रुखको झाडीदार पतझर वनस्पति हो। यो २-६ मिटरसम्म अग्लो र १ मीटरसम्म मोटो हुन्छ । यसको विरुवा समुद्री सतहबाट १५० देखि ५०० मिटरसम्मको उचाइमा हुर्केको पाइन्छ। यो सुख्खा, पहारिलो, चउर, कमसल माटो, आद्र ठाउँ र पतझर जंगलमा पनि सप्रेको। हुन्छ। यसको डाँठ चारपाटा परेको, सेतो खरानी रंगको, झुसले ढाकेको हुन्छ । बोक्रा पातलो खैरो रंगको हुन्छ । यसका पात ३/५ पत्र भएका, संयुक्त लामो भेट्नु भएको, बास्नादार, किनार धारिलोमा भालाकारको टुप्पो तिखो चुच्चो परेको १० से.मी. लामा र ३ से.मी. चौडा, छेउछाउका पात छोटा हुन्छन् ।
यसका पिरामिड आकारका सेतोमा हल्का नीला रंगका फूलहरू गुच्छामा पत्रदल ५ खण्डमा रहेका हुन्छन् । वैशाखदेखि साउनसम्म फुल्ने फूलहरूका पत्रदल नलीजस्तो कुस भएका सानाठूला खण्डमा घण्टाकार परेका हुन्छन् । यसरी फुलेका फूलहरू मस्केपछि असोजसम्म लस्सादार साना गोलाकार फल पाकेपछि काला रंगमा बदलिने हुन्छन् । विदेशका विभिन्न मुलुकमा पाइने तारा (पाँचपाते) अल्कोलाइड निशिडिन र हाइड्रो कोटिलिन रसायन तत्त्वले भरपुर भएको मानिन्छ । यस्ता कैयन रसायन भएको बोटको पातको स्वाद तीतो हुन्छ ।
खेती तथा नर्सरी
पनि विकास गर्नु आवश्यक छ । यसका लागि बीउबाट र हाँगाको कटिङबाट सजिलै बिरुवा निर्गुण्डी मानव हितकर वनस्पति भएकाले यसको प्राकृतिक संरक्षणका साथै खेती प्रविधिको उमारेर हुर्काउन सकिन्छ। गरम हावापानी भएको ठाउँमा मंसिर-पुसमा पाकेका फलहरूबाट जम्मा पारेको बीउलाई फागुन महिनासम्ममा खनजोत गरेको जग्गामा बीउ छरेर बेनॉ उमान सकिन्छ यसरी उम्रेका बेर्ना १ वर्षपछि ५/६ मिटरको दूरीमा बोट रोप्नुपर्छ ।
यसका हाँगाहरूलाई वर्षाका समयमा काटेर सो डाँठ ओसिलो माटोमा गाडिदिनुपर्छ । यसका रोपेका हाँगाहरू केही हप्ताभित्रै पलाउन थाल्दछन् । यसका हाँगाहरू काटेर बाढी पहिरो गएका जग्गाहरू/ठाउँमा सोझै रोपेर पनि हुर्काउन सकिने हुन्छ। भू-क्षय भएका ठाउँमा जंगल हुर्काउन, माटो बचाउन र गाईबस्तुले नखाने हुँदा बारका लागि पनि रोपेर यसलाई खेती गर्न सकिन्छ ।
संकलन तथा भण्डारण
यसको बीउका लागि फल पाकेका बेला टिपेर सुकाई केही महिनासम्मका लागि मात्र चिसो र ओभानो ठाउँमा भाँडोमा हाली राख्नुपर्छ। सिमलीका पात पुस-माघ महिनामा टिपेर संकलन गरी छायाँदार ठाउँमा फिजारेर खुला राखी सुकाउनुपर्छ। सुकेर खर्खराउँदो भएपछि बोरामा हाली सुख्खा, ओभानो ठाउँमा हावा छिर्ने गरी भण्डार गर्नुपर्दछ ।
यसका जाराहरू रूखबाट पातहरू झरेका बेलामा बाहिरका बोक्रा खुर्केर भित्रका खाला ताछ्नुपर्छ । यसरी ताछेका बोक्रालाई घाममा राम्रोसँग सुकाएर थैलीमा हाली ओभानो ठाउँमा भण्डारण गर्नुपर्छ । सिमलीका फूलहरू नभर्दै झुप्पा टिपेर हावादार छायाँमा सुकाई खर्खराउँदो भएपछि थैलीमा हाली हावा छिर्ने ठाउँमा राख्नुपर्छ ।
उपयोगिता
आयुर्वेदिक पद्धतिअनुसार सिमली धेरै रोगोपचारको औषधि मानिन्छ। यसको पातको रस खानाले पक्षघात, टाउको दुखाई र रौका लागि लाभदायक र घुन मार्ने हुन्छ। फलको सेवनले खोकी, ज्वरो, लुतो, सुनेट, पिनास र गानो जानेलाई निको गर्छ। हाँगाको मुठा कुचो बनाउने र डाँठले दाँत माझ्ने गरिन्छ । यसले जुका मार्ने, पेट फुलेको, अपच भएको, पोलेको घाउ, पिसाब खोल्ने, महिनावारी गर्न, आँखा बिमार भलो गर्ने गर्दछ । जराको धुलो खानाले जोर्नी दुखेको, विषालु टोकाइ, आउँ, अल्सर, छाला बिग्रेको, फियो बढेको र दाँत दुखेको पनि आराम हुन्छ । पिनास र अण्ड बढेको पातले सेक्ने र फूलको रसले मुटु दुखेको र पखाला लागेको निको गर्छ
प्रयोग गर्ने तरिका
जरा र पातको धुलो २/६ ग्राम स्वरसमा मिसाई दिनको २ पटक तातोपानीसँग खानुपर्छ। फूल र पात पकाएको झोल १०/२० मि.लि. (२/२ चम्चा) बिहान-बेलुका मनतातो पानीमा खानुपर्छ ।