आँखीझ्याल विचार : बैकुण्ठ भुसाल , मानव सभ्यताको आदि काल अध्ययन गर्दै आउँदा विभिन्न घुम्ती आरोह ,अवरोह पार हुँदै आइरहेका छन्

ऐतिहासिक खटन त्याग र तपस्याहरुको प्राप्ति नै वर्तमान हो भन्ने कुरामा कुनै दुई मत हुन सक्दैन । अनन्त सम्भावना भएको व्रह्माण्डमा मानिसले आफ्ना प्रयत्नद्वरा विचरण गरिरहेछ , यात्राका प्रत्येक मोडहरुमा युगान्तकारी परिवर्तन गर्दै आइरहेको छ ।

पारिस्थिक प्रणालीका कारण जीवहरुको उत्पत्ति र विकास हुँदै जाँदा भिन्न ठाउँ र भूगोल अनुसार त्यसै अनुसारका विविधता र जीवन परिस्थिति रहँदै आएको छ ।हाम्रो देश नेपाल ,भौगोलिक तथा वातावरणीय दृष्टिले विविधतायुक्त र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। देश सँघियतामा गएसँगै फलेवास नगरपालिकाको स्थापना भएको हो ।

फलेवास नगरपालिका पर्वत जिल्लाको मेरुदण्ड मानिने मध्य भागमा अवस्थित छ। प्राकृतिक विविधताले युक्त यातायातको  पालिका विकासको दृष्टिकोणले वामे सरिरहेको छ । काली गण्डकीको सुसेली ,मल्याङदी ,लमाए , चिर्दी ,चतुरे बडरे घ्याङसिङ खोला ,लुवा खोला जस्ता खोलाहरुको छङछङयाइ सँगै ,सुन्दर मनोरम वातावरणले यस नगरलाई शोभायमान बनाएको छ ।

खोलाखेत ,मुलावारी ,विरौटा ,बडहरे ,सल्यानधारा ,चिर्दी  रुग्दी   र बाच्छा खोलाका ठुला साना वर्षे झरनाहरुले यो रम्य भूमिलाई झनै रमणीय बनाइरहेका हुन्छन् ।

मल्याङदी, लमाए र चिर्दी को जलव्यवस्थापन गरेर जल विध्दुत उत्पादन गर्दै बहु उद्देश्यिय परियोजनाहरु सञ्चालन गर्न सकेमा नगरको सर्व पक्षिय विकास हुन सक्दछ ।

बसाइँ सराइ र रोजगारीका निम्ति परदेशको सोच बनाउनुभन्दा स्वदेशमा नै केही गरौँ

कपासे,ओझेलपाखो टिमुरे ,कोट पात्लो,राउसे  डहरे ,काउले ,काल्मुडा, सल्लाघारी ,सल्यान धारा चिसापानी ,उरिन वन ,दासको पाखो ,पात्ले पाखो ,राँकु वन ,तल्लोचौर ,पत्थरे पाखा ,बर्लेबास,कुलामुनी,कुर्घा सालघारी,झ्याङगुडे पातीखोरिया लाहासे पाखो भँगरा पाखो जस्ता बहुमूल्य जडिबुटी र बिबिधखाले वृक्षहरुले हराभरा वन सम्पदाहरु रहेका छन् । भालु ,बाघ , चितुवा मृग ,खरायो ,दुम्सी ,बाँदर ,खुदेकिरा ,वन बिरालो लोखर्के, न्याउरी ,जस्ता जङगली जनावर पाइन्छन् ।

कालिज तित्रो ,काग ढुकुर ,लाम पुच्छ्रे तोरी गाँडा , डाँग्रे ,हुचिल ,कोकले ,फिस्टो ,जुरेली ,धोबि ,कालो कल्चौँडो ,बोल सिमल ,कोइली,बिऊ कुयो ,काफल पाक्यो नयाउली जस्ता चराहरुको मौसमी क्लेवरले जो कोहीलाई पनि मन्त्र मुग्ध बनाउँछ ।

डहरे,बजारमारा ,कालमुडा ,चिसापानी ,कुर्घा डाँडा ,पुर्कोट , लिमीकोट ,जिताकोट,ठाना कोट सुलीकोट जस्ता अग्ला होचा स्थलहरुको प्राकृतिक सौन्दर्य छटाको संरक्षण र सम्वर्द्धन गर्न सकेमा सिङ्गो नगरलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।

मल्याङदी, लमाए र चिर्दी को जलव्यवस्थापन गरेर जल विध्दुत उत्पादन गर्दै बहु उद्देश्यिय परियोजनाहरु सञ्चालन गर्न सकेमा नगरको सर्व पक्षिय विकास हुन सक्दछ ।

काली गण्डकी परियोजनाको सर्वेक्षण भइरहेकोछ ।

गण्डकी किनारसँगै जोडिएको हुनाले यो नगरको सभ्यता विकासका निम्ति थुप्रै आधारहरु रहेका छन् ।हिजो का सिन्धु नाइल ,मिश्र जस्ता सभ्यताहरु पनि नदी किनारामा नै फस्टाएको हुनाले फलेवास नगर पालिका लाई विकसित बनाउन सकिनेमा यो  नै प्रमुख आधार हो ।

कार्की नेटा, थापाठाना ,टारी ,पोखरा चौर ,शंकर पोखरी ,खाल्डे ,घन पोखरा ,मुडिकुवा ,राहाले ,फलेवास ढिक पाङराङ ,कर्नास जस्ता ठुला साना बजार क्षेत्र रहेको हुनाले बजार बिस्तारका सम्भावनाहरु रहेका छन् ।

उत्पादनको दृष्टिकोणले समथर तथा केही भिराला ऊर्वर फाँट बारीहरु रहनुले खाद्य वस्तुमा स्वनिर्भर नगरपालिका स्थापित गर्न सकिने कुरामा दुई मत हुन सक्दैन ।

यो नगर पालिकाको वहु आयामिकता र विविधता न‌ै दीगो विकासका निम्ति भर पर्दो आधार रहेको छ ।

सानो भौगोलिक क्षेत्रमा पनि भौगोलिक तथा वातावरणीय विविधता हुनुलाई समृद्धिको अवसरका रुपमा लिन सकिन्छ । फलेवास नगरको केन्द्र भाग वार्ड नं ४,५,६ मुडिकुवा , खानी गाउँ र देविस्थानको समथर भू सतह हुनु लोक मार्ग र बाग्लुङ पोखरा ,कुश्मा ,हुवास त्रिआयामिक सडक जोडिनुले पनि यस क्षेत्रमा व्यापार र अौद्योगिक विकासको सुनिश्चितता रहेको छ । एक्काइशौँ सताब्दीको न्यू मोडालिटीमा ,सर्व पक्षीय चासो र क्षमता एवम् प्रतिभा ,सिप र कौशललाई सदुपयोग गर्दै ,नगरजन्य सँस्कृतिको विकास गर्दैअगाडि बढ्न सकेमा  समृद्ध नगर खुशि र सुखी नगर वासीको नारा छिट्टै नै सार्थक हुने देखिन्छ ।

हामीले हाम्रो सौरभलाई यथा समयमा नै चिन्न सक्नु पर्दछ र गौरवका साथ होस्टेमा हैँसे गर्दै प्रगति पथमा लम्कनु पर्दछ ।कस्तुरीले आफ्नै सुगन्धको ख्याल नगरी प्राप्तिको लागि रनवन दौडिए जस्तै बसाइँ सराइ र रोजगारीका निम्ति परदेशको सोच बनाउनुभन्दा स्वदेशमा नै केही गरौँ भन्ने भावनाका साथ कर्म क्षेत्रमा लाग्न सके समृद्धिका लक्ष र जीवनका सुन्दर सपनाहरु फुलाउन सकिन्छ ।

 

प्रचार मुखी भन्दा पनि कार्य मुखी ,व्यक्ति वादिता भन्दापनि समुह वादिता , सम्मान भन्दा पनि सह अस्तित्व , अधिकार भन्दा पनि कर्तव्य निष्ठ ,मितव्ययी र पारदर्शिता ,विविधताविचको एकता र हार्दिकता ,चुनौति र अवसरहरुको वैज्ञानिक र पारदर्शी वितरण ,सँगठन र सँस्था सञ्चालनमा वैज्ञानिक  व्यवस्थापन ,पुरस्कार र आत्मालोचना प्रणालीको स्थापना ,सबैमा अपनत्व वोध र हार्दिकता कायम गर्दै नगरजन्य भाइचारा र सँस्कृतिको निर्माण गर्दै अगाडि बढ्न सकेमा  हाम्रो चाहना अनुसारको सफल र समृद्ध नगर पालिका स्थापित हुन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय