काठमाडौं : सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार हुन लागेको नेपाली चलचित्र ‘चित्रा’को शुक्रबारबाट छायांकन शुरू भएको छ।

आज पोखराबाट चलचित्रको छांयाकन सुरु गरिएको हो। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने चलचित्र माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ ।

सन्तोष अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ ।

चलचित्रले एक रिटायर्ड बुवा र छोरीको कथालाई प्रस्तुत गर्दछ। चलचित्र पोखरा र घाचोकमा छायांकन हुनेछ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने ‘चित्रा’मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, तारा न्यौपानेको मुख्य सहायक निर्देशन, प्रवीण सिंहको नृत्य, सम्राट बस्नेतको द्वन्द्व र महेश पौडेलको छायांकन रहने छ। चलचित्रमा प्रतिमा थापा प्रोडक्सन हेड र कृष्णबहादुर थापा लाइन प्रोड्युसर छन् ।

राजन राज सिवाकोटीको गीत संगीत रहने चलचित्रमा केदार पराजुली ९श्री कृष्ण फिल्मस्० ले चलचित्रको नेपाल अधिराज्यभरको वितरण जिम्मा लिएका छन भने अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिईसकेका छन । अन्य देशको राइट्स पनि छिट्टै टुंगिने निर्माता एवम् कलाकार सन्तोष अधिकारीले बताए।

अधिकारी नयाँ चलचित्र ‘डलर एयुडी’ को समेत तयारीमा छन् । यो चलचित्रको छायांकन भने तिहारपछि सुरु हुनेछ । उनको नयाँ चलचित्र ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय