डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। सामाजिक सञ्जालमा ठुलो सङ्ख्यामा फ्यान र फलोअर्स भएका उनैलाई सेलिब्रेटी डाक्टरका रूपमा पनि चिन्ने गरिन्छ। उनले बुवाको मृत्युपछि उनले जस्तै ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार गर्न सकियोस् भनेर डा ओम फाउन्डेसन स्थापना गरेका छन् र पुस्तक बिक्रीबाट आउने रकम दुःखी र असहाय ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्ने उनको योजना छ। पुस्तकको मूल्य एक हजार तोकिएको छ तर आवरण पृष्ठविना पनि रु ६०० मा किन्न सकिन्छ।
त्रिपन्न खण्ड र २४० पृष्ठको पुस्तक अनलाइनमा दराज, ई सेवा, हाम्रो पात्रो, डा ओम फाउन्डेसनको वेबसाइट र उनको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ। समीक्षा पब्लिक सनले वितरण गर्ने पुस्तक काठमाडौँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ। विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने फाउन्डेसनले जनाएको छ।