आँखीझ्याल ,सन्देश लामिछाने : म लाई लाग्छ  मान्छेहरू जतिसुकै पैसा कमाए  जे गरे जस्तो भए पनि उनीहरू सबैको एउटै इच्छा र चाहाना हुन्छ कि जीवन कसरी खुसी बनाउनु  र खुसी हुनु नै हो ।
आजभोलि हामीले  आधा घण्टा मात्रै  मोबाइल नचलाउने हो भने के हुन्छ ?  हाम्रा ओठहरू न बोल्दा पनि हाम्रा आँखाहरूले अर्को व्यक्ति सँग छोटो समयमै धेरै  कुराहरू कसरी  गर्छन् होला ?  यदि तपाईँको भोलि अन्तिम दिन हो भने तपाईँले आजको दिन कसरी बिताउनु हुन्छ होला ?  हामीलाई जन्मदिने बाबुआमा भन्दा एक हप्ता अगाडि भेटेको प्रेमी किन यति धेरै प्यारो लाग्छ ?  मेरो वरिपरि  कस्ता कस्ता मान्छेहरू छन्  ? म कस्तो मान्छेलाई धेरै चाहन्छु ?  हामीले बाबु आमालाई झुट किन बोल्छौ ? हामीले कसैलाई दिएको बचन के साँच्चिकै पूरा गर्न सक्छौँ त ?  आफ्नो छोराछोरीलाई के  कसरी सिकाउने तपाईँ थाहा छ ? किन छोराछोरीले मेरा  कुराहरू सहजै  मान्दैनन् ? मैले बोलेको कुराहरूले बच्चाहरूको मानसिकतामा कस्तो असर पर्न सक्छ ?  साँच्चिकै  माया र प्रेम भनेको के हो ?
 सबैभन्दा हामीलाई कुन समयको धेरै  सम्झना आउँछ ?  सबैभन्दा प्यारो मान्छेले छोडेर जाँदा तपाईँ कस्तो तरिकाले अरूको अगाडि प्रस्तुत हुनुहुन्छ ?  तपाई एकलै हुँदा के कस्ता कुराहरू  सम्झनु हुन्छ ?   तपाईँको यो संसार छोडेर जाँदा कसरी जान चाहनु हुन्छ ?  भेट भएको साथीहरू सँग तपाई कसरी समय बिताउनु हुन्छ ? बाबुआमाले  हामीलाई दिने सुझाव  किन सुन्ने ?  बुवा आमाको इच्छा के छ ? उहाँको इच्छा पूरा गर्दा  के के गर्नुपर्ने हुन्छ ?  सहयोगको भावना किन आवश्यक छ ? आदि  यस्तै धेरै विभिन्न प्रश्नहरूको उत्तर तपाईँले सजिलोसँग  डा. ओम मूर्ति अनिल द्वारा लिखित पुस्तक जीवन्त सम्बन्ध मा महसुल  गर्न सक्नु हुन्छ ।
जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ र धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन्। कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यति बेला उनीहरूको सम्बन्ध टुटिसकेको हुन्छ र ती आफूलाई रित्तिएको महसुस गर्छन्।  
घरको विकास भनेको के होला ?
घरको विकास  छोराछोरीहरू को  संरक्षण स्वास्थ्य  गर्नु हो । आफ्नो संस्कार बसाल्नु हो । संस्कार भनेको नै धर्म हो ।  धर्म भनेको ?
‘दया, भलाइ, करुणा, प्रेम, सेवा अर्थात् मान्छेमा हुनुपर्ने धर्म भनेको सद्गुण हो । मान्छेमा यी चीज छैनन् भने ऊ मान्छे नै होइन । यी प्राकृतिक हुन् यदि मानिसले प्राकृतिक स्वभाव भुल्यो भने त्यो प्रकृतिको विरुद्धमा हुन जान्छ ।’ यहीँ कुरा सजिलोसँग  सिकाउनु ओम मूर्ति अनिलको लेख्ने कला पनि हो ।
 सम्बन्धले व्यक्तिलाई सन्तुष्ट हुन पनि सिकाउँछ ।
यसले मानिसमा त्याग, समर्पण, प्रेम, कर्तव्य आदि गुणको विकास गराउँछ । त्यसैले सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नु हो, बोधयुक्त जीवन बाँच्नु हो तथा जीवनको सार्थक गन्तव्य पहिचान गर्नु हो ।
जीवन्त सम्बन्ध , पढ्दापढ्दै कतिखेर  भावुक , कतिखेर हामी सँग जोडिएका सम्बन्धका आयाम मन मनै केलाउन पुगिन्छ ।  बुवाको सन्तानप्रतिको त्याग तथा छोराछोरीको पिताप्रतिको समर्पण  पढ्दा जीवन र मृत्यु, प्रेम र कर्तव्य, विज्ञान र अध्यात्म, सम्बन्ध र भावना, अभिभावक र दायित्व, समाज र पेसा, मन र मस्तिष्क, आत्मालोचना र आत्मसंघर्ष आदि यो पुस्तकका प्रमुख विशेषता हुन् । पाठकलाई सकारात्मक र गहिरो प्रभाव पार्ने यो पुस्तक पठनीय, मननीय तथा संग्रहणीय समेत छ।

डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। सामाजिक सञ्जालमा ठुलो सङ्ख्यामा फ्यान र फलोअर्स भएका उनैलाई सेलिब्रेटी डाक्टरका रूपमा पनि चिन्ने गरिन्छ। उनले बुवाको मृत्युपछि उनले जस्तै ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार गर्न सकियोस् भनेर डा ओम फाउन्डेसन स्थापना गरेका छन्  र  पुस्तक बिक्रीबाट आउने रकम दुःखी र असहाय ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्ने उनको योजना छ। पुस्तकको मूल्य एक हजार तोकिएको छ तर आवरण पृष्ठविना पनि रु ६०० मा किन्न सकिन्छ।

 

त्रिपन्न खण्ड र २४० पृष्ठको  पुस्तक अनलाइनमा दराज, ई सेवा, हाम्रो पात्रो, डा ओम फाउन्डेसनको वेबसाइट र उनको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ। समीक्षा पब्लिक सनले वितरण गर्ने पुस्तक काठमाडौँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ। विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने फाउन्डेसनले जनाएको छ।

डा. ओम मूर्ति अनिल ले केही जानकारी भिडियो मा पनि दिनु भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय