गजल

जून लिएर हिँड्छन्, तारा लिएर हिँड्छन्

नेता-कार्यकर्ता नारा लिएर हिँड्छन्

भोकै होस् तर चल्लाको पेट भर्न

चराहरू चुच्चोमा चारा लिएर हिँड्छन्

चोकमा रूभिरहेछ छोरोको सालिक

बाआमा आँसुका धारा लिएर हिँड्छन्

भर्खर उभिन जानेका नानीहरू पनि

भित्ताहरूको सहारा लिएर हिँड्छन्

तस्बिरमा दोसल्ला बाट- गजल कपिल शर्मा

 

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय