गजल

हँसाउने बिचार छ कि अझै रुवाउने बिचार छ !

चडाउने कि मायामा बलि ,  बचाउने बिचार छ !!

कुरा गर्दा-गर्दै रात बित्थ्यो अहिले याद गर्दागर्दै !

सक्छौ तड्पाउ अझै कति तड्पाउने बिचार छ !!

म संग मन छ तर उनि हाँसेको देख्दा खुशी हुने !

सताउ अझै यो मनलाइ कति सताउने बिचार छ !!

हाँसो खुशी तिम्रै मन पनि तिम्रै बाकी शरीरलाइ !

बेवारिसे छोड्छौ कि प्रीय अपनाउने बिचार छ !!

ब्यर्थ छन सायद यि मनका पुकार चाहहरु सबै !

के बुझौं भन्देउ प्रीय दिलबाट हटाउने बिचार छ !!

 

गणेश तिवारी

सिन्धुपाल्चोक. १२ मेलम्ची 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय