गजल
पाठ्यक्रम
सक्नु हुन्छ भने गुरु माटो पढाउनुहोस ।
जिन्दगीको गोरेटो र बाटो पढाउनुहोस ।
काँ बाट आउँच अन्न क्यारी दुध दही ।
कुना कानी खेत वारीको राँटो पढाउनुहोस .,
जापन अमेरीका कोरीमा मात्रै किन,
खोरीयामा सुन फलाउने पाटो पढाउनुहो।
पिजा ब्रगर मात्रै होईन मेरा गुरु नारायण ,
गाउँ घरको डिँडो रोटो आटो पढाउनुहोस ।
देश मै केही गर्न सक्ने सम्भावना खोज्नी
भुगोल हावापनी कितावको साटो पढाउनुहोस ।
सक्नु हुन्छ भने गुरु माटो पढाउनुहोस ।
जिन्दगीको गोरेटो र बाटो पढाउनुहोस ।
महेन्द्र जिसी ०८०।०४।२० पर्वत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय