पाँचथर : पाँचथरको याङ्वरक गाउँपालिकाको च्याङ्थापुमा भारतको सिक्किमबाट घुम्न आएका एक पर्यटकको लडेर ज्यान गएकाे छ ।

च्याङ्थापु बजार नजिकै भिरबाट लडेर सिक्किमका केशव गुरुङको ज्यान गएकाे हाे ।  पाँच जनाको टोली गए राति समयमा हिँड्दै च्याङ्थापु बजारतर्फ आउँदै गर्दा गुरुङको भिरबाट लडेर ज्यान गएकाे पाँचथरका प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

गुरुङको शव र सिक्किमका अन्य चार जना पर्यटकलाई सदरमुकाम फिदिम ल्याइएकाे डीएसपी खतिवडाले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय