काठमाडौँ :  सदनको अवरोध खुलाउने विषयमा आज बिहान शीर्ष नेताहरुबीच पुन: छलफल हुने भएको छ ।

सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे पुन: बैठक बस्ने तय भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबीच छलफल हुनेछ ।

सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा अडान लिदै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय