आँखीझ्याल खबर : फाइनल खेलमा श्रीलङ्कालाई हराउँदै भारतले आठौँ एशिया कपको उपाधि प्राप्त गरेको छ। भारतले श्रीलङ्कालाई १० विकेटले पराजित गरेको हो।

आइतवार कोलम्बोको आर प्रेमदासा रङ्गशालामा भएको फाइनल खेलमा श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ रोजेको थियो।

श्रीलङ्का १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो।

प्रतिउत्तरमा भारतले ६.१ ओभरमा कुनै पनि विकेट नगुमाइ लक्ष्य पूरा गर्‍यो।

जितका लागि भारतका ओपनर ब्याटर ईशान किशन (२३) र सुभमन गिल (२७) ले अविजित खेल खेलेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय