आँखीझ्याल खबर  : चितवनको खुरखुरेमा दुइटा यात्रुवाहक बस ठक्कर खाँदा ३१ जना घाइते भएका छन्।

दिउँसो साढे १ बजेतिर पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा दुवै बसका चालकसहित ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइते हुने एक जना भारतीय पनि छन्।

घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र नेशनल सिटी हस्पिटलमा उपचार भइरहेको छ।

घाइतेहरूको नामावली:

१.ना ७ ख ६०४१ का बस चालक नाम थर नखुलेको अन्दाजी ३९/४० वर्षका व्यक्ति।

Laxmi bank
२. ग १ ख ७५३२ नं.को बसको सहचालक रौतहट चन्नथपुर ६ बस्ने वर्ष २२ को सुदर्शन पट्टेल।

३.सोही बसमा सवार चितवन भरतपुर ९ बस्ने वर्ष ४२

की राधा तिमल्सिना।

The web
४.सोही बसमा सवार सर्लाही बरहथा १६ बस्ने वर्ष २५ का सुरेश राय।

५.सोही बसमा सवार रौतहट गौर न.पा. ४ बस्ने वर्ष ४५ की फूलकुमारी देवी।

६.सोही बसमा सवार रौतहट गौर न.पा.४ बस्ने वर्ष ५९ का जय मंगल राय यादव।

७. रौतटह चपुर ८ बस्ने वर्ष २४ की अर्पना चौधरी।

८.रामेछाप बस्ने वर्ष ४२ की गीता भुजेल ।

९.धादिङ गंगाजमुना गा.पा.७ बस्ने वर्ष ६५ की जुनामाया अधिकारी।

१०. सोही ठाउँ बस्ने वर्ष ४० की राममाया अधिकारी।

११. मकवानपुर मनहरी ४ बस्ने वर्ष २७ का श्री बहादुर तितुङ।

१२.वीरगन्ज १५ बस्ने वर्ष ३२ का विवेक गुप्ता।

१३.रौतहट गरुडा न.पा.९ बस्ने वर्ष २३ का महोम्मद अस्ताव।

१४.राप्ती न.पा.८ बस्ने वर्ष ३० की मिना लम्साल।

१५.सोही ठाउँ बस्ने १९ महिनाको क्षितिज लम्साल।

१६.चितवन इच्छाकमना गा.पा.७ बस्ने वर्ष ५१ की कृष्णमाया जिम्बा।

१७. ग १ ख ७५३२ नम्बरको बस चालक रौतहट चपुर ४ बस्ने बर्ष ३५ को महोमद अर्मान।

१८.रौतहट महदपुर न.पा.५ बस्ने वर्ष ७२ की बछिया देवी।

१९. सोही ठाउँ बस्ने वर्ष २० का अर्जुन ठाकुर।

२०. चितवन भरतपुर म.न.पा.८ बस्ने वर्ष ६५ की कौशिला रेग्मी।

२१.रौतहट जमुनामाई गा.पा.४ बस्ने वर्ष १७ को शिवबालक साह।

२२. रौतहट माधवनारायण गा.पा.५ बस्ने वर्ष ४२ का अनत राउत।

२३. सर्लाही ईश्वरपुर न.पा.९ बस्ने वर्ष ३२ को रामनाथ साह।

२४. रौतहट राजपुर न.पा.७ बस्ने वर्ष ३६ को वलीप्रसाद कलवार।

२५. सोही ठाउँ बस्ने वर्ष २६ की रानी धोवी।

२६. सोही ठाउँ बस्ने वर्ष ३ की ब्युटी कुमारी कलवार।

२७.पर्सा पर्सागडी न.पा.३ बस्ने वर्ष ४० की जुना थापा।

२८.भारतबिहार मोतिहारी बस्ने वर्ष ३२ का जमदार कुमार।

२९. चितवन राप्ती न.पा.४ बस्ने वर्ष ४५ की शर्मिला कँडेल।

३०. चितवन रत्ननगर न.पा.२ बस्ने वर्ष ५० को किश्वर गुप्ता।

३१.भारत घर भई हाल चितवन भरतपुर म.न.पा.१० बस्ने वर्ष २२ की संजिता घोष।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय