मकवानपुर:- बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ‘मकवानपुरमा मिडिया’ नामक पुस्तकको आज यहाँ विमोचन गर्नुभयो । हेटौँडा उपमहानगरपालिका–५ निवासी पत्रकार गिरिजा अधिकारीद्वारा लिखित सो पुस्तकको राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर काठमाडौँले प्रकाशन गरेको हो ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले पत्रकारिता जगत देश र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि उठेर प्रेस स्वतन्त्रताका लागि पत्रकारहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई पनि त्यागेर प्रजातन्त्रको संवद्र्धन र राष्ट्रियताको जगेर्ना गर्न पत्रकारिता क्षेत्रको विश्वसनीयतालाई जनतासामु पु¥याउन आग्रह गर्नुभयो । उहाँले पत्रकारिता राजनीतिक दलको छायाँ बन्न नहुने र जनप्रतिनिधि तथा सरकारका उच्चपदस्थ अधिकृतहरूले गरेका अनियमित कार्यका लागि सत्यतथ्य समाचार सार्वजनिक गर्न पत्रकारमा दृढता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश प्रमुख शर्माले प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नयाँ पुस्ता पत्रकारिता क्षेत्रको विकासका लागि अग्रसर रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापन समानुपातिक ढङ्गबाट सबैलाई वितरण गर्ने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय