आँखीझ्याल खबर , ४ कार्तिक २०८० 

पर्वत: बिजय दशमी तथा शुभदिपवाली २०८० को पावन अबसर पारी चारभन्ज्याङ युवा समाज ठानामौला खाल्टेले आयोजना गरेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता भव्यताका साथ संम्पन्न भएको छ ।

कार्तिक १ देखि संचालन भएको भलिवल प्रतियोगिता ४ गते सम्म सम्पन्न भएको हो । भलिवल खेलले चिनिएको खाल्टे गाउमा स्थानिय सहयोगिदाताहरु , रोजगार र शिक्षाको सिलसिलामा बाहिर गएका यूवाहरुको सहयोगले खेलकुद तथा सांस्कृतिक कार्याक्रम सम्पन्न भएको समाजका अध्यक्ष मनजित गुरुङले बताउनु भयो ।

प्रतियोगिता मा सान्तीचौर युवा क्लब सुम्सा बाग्लुङ प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने खानिगाउ फलेबास युवा क्लब दृतिय , र नव बिकास युबा क्लब भगरा तृतिय भएका थिए ।प्रतियोगितामा प्रथम , दृतिय , र तृतीय हुनेलाई क्रमश रू ४००००, रू २५००० र रू १५००० सँगै सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । र

यस्तै गरि विधागत तर्फ बेस्ट डिफेन्डर : अनिस परियार ( खानिगाउ ) बेस्ट सटर : सुपेन्द्र परियार ( सुम्सा ) राइजिङं खेलाडि : सन्देस सुनार ( भगरा ) बेस्ट स्पिन : सङ्गम के. सि (सुम्सा ) बेस्ट सर्भिस : प्रतिक सुनार ( खानिगाउ ) बेस्ट बल्क : बिमल क्षेत्रि ( खानिगाउ ) बेस्ट खेलाडि: केन्द्र के. सि ( सुम्सा ) छनौट भएका थिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिका वडा न.८ ठानामौला का वडा अध्यक्ष मनबहादुर कुवरले युवाहरूको सक्रियता मा सम्पन्न भएको खेलकुद प्रतियोगिताले खेलकुदको बिकासमा सहयोग पुग्ने बताउदै आगामी दिनमा खेलकुदमुखी कार्यक्रमका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा फलेवास नगरपालिका वडा न. ६ का वडा अध्यक्ष नविन कुमार श्रेष्ठ , पुर्व खेलाडि तथा सामाजिक वक्ता शिव घले, यस्तै युवा समाजसेवी मिलन सुबेदि चारभन्ज्याङ  सभा हंङ्कगका पुर्व अध्यक्ष गंगा गुरूङ्ग र नेपाल पत्रकार महासंघ पर्वतका कोशाअध्यक्ष डिल बहादुर वि.कं लगाएतको उपस्थित रहेको थियो ।

यसै कार्यक्रमको अवसर मा बोल्दै  कार्यक्रममा प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहयोगि दाताहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सन्चालन चारभञ्ज्याङ् युवा समाजका सचिव सुमन जि सि ले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय