Aankhijhyaal.com -आँखी झ्याल डट कम

पर्वतकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

जिल्ला पर्वत प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ल छन् ।

उनीहरूले युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा मिलनचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सो विषयमा हाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय