भरतपुर, २७ मङ्सिर
चितवनमा भाले गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो ।

सिद्धिगणेश सामुदायिक वनबाट करिब ५०० मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृत फेला परेको हो । प्राविधिकको टोलीबाट शव परीक्षण भएको छ । उहाँले भन्नुभयो, “मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्टपछि मात्रै थाहा हुन्छ ।” डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का प्राविधिक टोलीले मृत गैडाको व्यवस्थापन गरेको छ ।

गैँडाको खाग र खुरसहित सबै अङ्ग सुरक्षित छ । मृत गैँडाको शरीरमा कुनै चोट पनि देखिएको छैन । गैँडाको सिंग र खुर डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय