२९ मङ्सिर क्वालालम्पुर

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले दक्षिणपूर्वी एशियाली मुलुकहरूका लागि तय गरिएको भ्रमण छोट्ट्याइएको छ । प्रतिनिधिमण्डलका एक सदस्यलाई कोभिड सङ्क्रमण भएको पुष्टि भएपछि ब्लिङ्केनले एसिया भ्रमणलाई छोटो बनाउनुभएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पुष्टि गर्नुभएको छ ।

प्रवक्ताले थाई विदेश मन्त्री डन प्रमुद्विनाईसँग भन्नुभयो, “अमेरिकी विदेशमन्त्री ब्लिङ्केन कोभिड सङ्क्रमणको खतरालाई मध्यनजर गर्दै सावधानीका लागि वासिङ्टन डीसी फर्कनुहुनेछ ।”

सङ्क्रमित प्रतिनिधिमण्डलका सदस्य इण्डोनेशियाबाट ब्लिनकेनसँग मलेसिया आइपुगेपछि कोभिड सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

यद्यपि सङ्क्रमित ती व्यक्तिले क्वालालम्पुरमा ब्लिन्केन सहभागी कुनै पनि कार्यक्रममा भाग भने नलिएको बताइएको छ । ब्लिङ्केनको प्रतिनिधिमण्डलका अन्य कुनै पनि सदस्यलाई कोभिड सङ्क्रमण पुष्टि नभएको मलेशियास्थित अमेरिकी दूतावासले बताएको छ ।
(रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय