रसुवा – रसुवामा निर्माण भइरहेको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले २०७९ सालको असारदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । आयोजनाको पछिल्लो समय संशोधित विद्युत् उत्पादनको तालिका अनुसार नै निर्माण सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिइएको छ । आयोजनाको ८३ प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाका अनुसार अहिले इलेक्ट्रोमेकानिकल तर्फ उपकरण जडानको काम भइरहेको छ । कोरोनाको कारण देखाएर भारत फर्किएको निर्माण टोली गएको छठपछि निर्माणस्थलमा आएको थियो । त्यसयता टोलीले उपकरण जडानको कामलाई निरन्तरता दिएको छ । इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको भोइठ हाइड्रो इण्डियाले गएको छठदेखि काम सुरु गरेको आयोजनाले जनाएको छ । आयोजनाले तीनवटा पानी थिग्र्याउने पोखरी निर्माण गर्नुपर्नेमा दुईवटाको काम सकाएको छ भने एउटाको आधा काम सकिएको छ ।

आयोजनाले तोकिएको समयसीमा भित्रै काम सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइयो) छबी गैरेले बताउनुभयो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको यस आयोजनाको निर्माण कार्य २०७० माघदेखि सुरु भएको हो । निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय