काठमाण्डाै – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ ।

आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज ५४ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज माउन्टेन इनर्जी नेपालको शेयर ६ प्रतिशतले र नारायणी विकास बैंक, मैलुङ खोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी, समृद्धि फाइनान्स, लिवर्टी इनर्जी र छ्याङ्दी हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि गोर्खाज फाइनान्स र हिमालयन डिष्टिलरीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय