भरतपुर,पुष ६
मनकामना ग्रुप अफ कम्पनिको आयोजनामा आज रत्तदान कार्यक्रम सम्पन्न भएको छ । भरतपुर स्थीत आप्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा ६० जनाले रत्तदान गरेका छन्। कम्पनिले आफ्नो सामाजिक उत्तरदायित्तो कार्यक्रम अन्तर्गत रहेर उत्त कार्यक्रमको आयोजना गरेको हो ।
। मनकामना ग्रुप अफ कम्पनि द्धारा आठ भन्दा बढि कम्पनिहरु संञ्चालित रहेका छन् । ग्रुप अन्तरर्गत रहेका बिभिन्न कम्पनिका कर्मचारीहरुले रत्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि चितवनको सहयोग रहेको थियो ।

उत्त कार्यक्रममा ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले देश भित्र रहेर व्यवसायिक रुपमा संचालित उध्योग तथा कम्पनिहरुले सामाजिक उत्तरदायित्तो लाई अंगाल्न सक्नुपनर्मो जोड दिनुभयो । ग्रुप मातहतका बिभिन्न कम्पनिहरुले समय समयमा यस्ता सामाजिक कार्यमाहरु आयोजना गर्दै आएको समेत उंहाले बताउनभयो । ग्रुप अन्तरगत जस्मिन पेन्ट , जगदम्बा प्लास्टिक , सन केमिकल , एभोकाँडो ईन्टरनेश्नल , टाटा मेटल ,दरबार फुड , मिसिका फाउन्डेशन र बिटुमिन सप्लायर्स लगाएका कम्पनिहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय