काठमाडौँ ७ पुस

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले लगातार दोस्रो जित हात पारेको छ । उसले बुधबार सुदूरपश्चिम प्रदेशलाई ८९ रनले पराजित गरेको हो ।

१२९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्र बनाउन सक्यो ।सुदूरपश्चिमका लागि रुवी पोदार र कप्तान रितु कनौजियाले समान १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न करुणा भण्डारीले ४ तथा सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता रानामगरले १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।

एएिफका लागि इन्दु वर्माले सर्वाधिक ३३ रनको योगदान दिँदा राजमती ऐरीले १९ र सरिता मगरले १८ रन जोडे ।सुदूरपश्चिमका लागि रितु कनौजियाले ३ तथा कविता जोशी र दिपा जोराले २–२ विकेट हात पारे।

यो जितसँगै एपिएफले २ खेलमा ४ अंक जोड्दै सेमिफाइनल सम्भावना बलियो बनाउँदा पराजित सुदूरपश्चिमको समान खेलबाट २ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय