काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ७७ कोरोना संक्रमितको आईसीयूमा र २१ को भेन्टिलेटरमा गरी कुल ९८ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ४५ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ९ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय