काठमाडौँ – तनँहुको व्यास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् ।

हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल आइतबार बिहान नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् ।

उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पुर्‍याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय