कुस्मा नगरपालिका-३,

दुर्लुङमा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ । पर्वतका एमाले सांसद पदम गिरिको वाड समेत रहेको दुर्लुङ्गमा पुराना बामपंथी नेता ढुनबहादुर गुरुङको अध्यक्षतामा समाजवादीको वडा कमिटी गठन गरिएको एकीकृत समाजवादी पर्वतका उपसचिव सन्तोष न्यौपानेले बताउँनुभयो ।


कमिटीको उपाध्यक्ष क. सुस्मिता नेपाली, सचिवमा क. सदिच्छा पोख्रेल लगायत १५ सदस्यीय वाड कमिटी गठन गरिएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेलले समाजवादीको लहर गाउँगाउँ र टोलटोलमा पुगेको बताउनुभयो । पौडेलले भन्नुभयो “समाजवादीको लहर गाउँगाउँ र टोलटोलमा पुगिसकेकोले अरुले सोचेजस्तो समाजवादी पार्टी कमजोर छैन ।” “पर्वत जिल्लामा मात्र नभएर हरेक वाड र पालिकाहरुमा गठबन्धनको भएरै चुनावमा एकसाथ अगाडि बढिनेछ ।”

केन्द्रिय निर्वाचन आयोगका सदस्य तथा भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले केन्द्रको निर्देशन अनुसार नै आफूहरु अगाडि बढ्ने बताउँनुभयो । गठबन्धनको मर्म र औचित्य अनुसार नै आफूहरु अगाडि बढ्ने भएको हुँदा गठबन्धनलाई एकीकृत समाजवादीबाट धोका हुने कुरा सोच्न पनि नसकिने सुवेदीको भनाई रहेको थियो ।
एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य तथा फलेवास नगरकमिटी अध्यक्ष कृष्णप्रसाद लम्सालले बाहिर जे जस्तो कुरा चलेपनि गठबन्धन भएरै छाड्ने बताउँनुभयो । छिटै गठबधनको बैठक बसेर पालिका र वाडहरुको टुङ्गो लगाइने लम्सालको भनाई रहेको थियो । कार्यक्रममा के. प. सदस्य क. प्रेम गुरुङ, जिल्ला उपाध्यक्ष कमरेड ठाकुर शर्मा लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन जिल्ला उपसचिव क. सन्तोष न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय