आँखी झ्याल पर्वत/ पर्वतका स्थानीय तहका कार्यपालिकामा एमालेले जित निकालेको छ । सात स्थानीय तहमध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको एमालेले सबै स्थानीय तह कार्यपालिका निर्वाचनमा जित निकालेको हो ।

उपमेय मात्र जितेको कुस्मा नगरपालिकामा एमालेबाट दलित वा अल्पसङ्ख्यकतर्फ शिवलाल सार्की, गोपाल विश्वकर्मा, लखन सुनार, खुल्ला महिलातर्फ दुर्गा कुमारी शर्मा,सविता वि.क, रिता कुमारी वि.क, सुधा गुरुङ र विन्दु कुमारी पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै मेयर र उपमेयर हारेका फलेवास नगरपालिकामा महिला तर्फ दुर्गा शर्मा, भगवती पौडेल , सावित्रा शर्मा, सुनिता शर्मा, कला नेपाली र खुल्ला दलित तथा अल्पसङ्ख्यक तर्फबाट नेत्र विश्वकर्मा, बाबुराम विश्वकर्मा, चन्द्रबहादुर नेपाली एमालेबाट कार्यपालिकामा निर्वाचित हुँदा एकल बहुमत भएको छ ।

त्यस्तै पैंयु गाउँपालिकामा महिलातर्फ शर्मिला नेपाली, चन्द्रकला न्यौपाने, उमादेवी बिक, मिठु क्षेत्री र दलित तथा अल्पसङ्ख्यक तर्फ फुलमाया बिक र वविता हिताङ्ग निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय