गजल
उ सङ्ग नोट थियो विचार किनिदियो!
भुइँ मुन्छेका अघी बजार किनिदियो!!
रानो हुँ भनी तिम्ले ठुलो छाती बनायौ!
उसैबखत अर्को फेरि घार किनिदियो!!
मैले चाहेर तिम्लाइ सिंदुर किन्न सकिन!
उस्लाइ तिमिले चाह्यौ हार किनिदियो!!
रुपियाँले भन्यो म शुन्य भएको बेला!
अचम्म छ! प्यारले ब्यापार किनिदियो!!
विनिमयको यूग रहेछ कलियूग भन्ने त!
प्रशासन न्यायलय कारागार किनिदियो!!
निर्मल पौडेल, पर्वत।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय