एक
कसरी कसरी यादहरू आउँछन् !
आउँछन् मनपरी यादहरू आउँछन्!!
कताकता मुटु दुखेजस्तो हुन्छ!
आँखाबाट झरी यादहरू आउँछन्!!
बिर्सन्छुभन्दा पनि बिर्सनै नदिने!
उनै नानाथरी यादहरू आउँछन्!!
होसमा पनि अनि बेहोसीमा पनि!!
झस्कन्छु घरीघरी यादहरू आउँछन्!!
भेटें तिमीलाई सोध्नेछु एकदिन!
किन ? तिम्रा यसरी यादहरू आउँछन्!!
तस्बिरमा दोसल्ला : कपिल शर्मा 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय