पर्वत : पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा  नगरपालिकावासीको लागि  दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लव अफ काठमाडौँ देउराली दियालोको आयोजना तथा नेपाल–भारत मैत्री हस्पिटल काठमाडौँ र धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्र खानीगाउँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका गरिव विपन्न वर्गलाई निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक कृष्ण सापकोटाले जानकारी दिनुभयाे।
शिविरमा फागुन १३ र १४ गते आयोजना गर्न लागेको शिविरमा ६८ प्रकारका औषधी निःशुल्क वितरण गरिने छ । धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्र खानीगाउँको प्राङ्गणमा हुने शिविरमा दक्ष तथा अनुभवी विशेषज्ञ चिकित्सकद्धारा उपचार गरिने छ। शिविरमा ३ हजार जनाले लाभ लिने अनुमान गरिएको छ ।

बिहान ११ बजेवाट शुरु हुने शिविर बेलुका पाँच बजेसम्म सञ्चालन हुनेछ। शिविरमा दाँतका विशेषज्ञ चिकित्सा सेवा, हाडजोर्नी सम्बन्धी चिकित्सा सेवा, आँखा सम्बन्धी विशेषज्ञ चिमित्सा सेवा, स्त्री तथा प्रसुती रोग सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, प्रयोगशाला परीक्षण सेवा, एक्स–रे÷भिडियो एक्स–रे सेवा र ओषधी वितरण लगायतका सेवाहरु प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय