पर्वत:  जिल्लाको कुल जनसंख्या मध्ये ६० प्रतिशत जनताको जीवनयापन कृषिमा आधारित छन् ।

आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रणालीको प्रचार प्रसार गरि परंपरागत कृषिमा आधारित खेती प्रणालीमा सुधार ल्याई निर्वाहमुखि खेति व्यवसायलाई व्यवसायमुखि वनाई कृषकको जीवनस्तरमा बृद्वि ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी हो।

फाल्गुन ४, २०७९०  गण्डकी प्रदेश स्थापना  दिवसको अवसरमा गण्डकी प्रदेश अन्तर्गत कृषि बिकास निर्देशनालय, मालेपाटन पोखरा, लमजुङमा कृषि ज्ञान केन्द्र लमजुङ , पर्बतमा कृषि ज्ञान केन्द्र पर्बत, तनहुँमा कृषि ज्ञान केन्द्र तनहुँ तथा मुस्ताङ जिल्लामा पनि कृषि ज्ञान केन्द्रहरू यस बर्ष सर्वोत्कृष्ट उत्कृष्ट कार्यालयहरु बन्न सफल भएका थिए  ।

गण्डकी प्रदेश सरकार मातहतका कार्यलयहरुमध्ये सर्वोत्कृष्ट कार्यालयको रुपमा छनौट भएको  कृषि ज्ञान केन्द्र पर्वत कार्यलयलाइ आफुभन्दा माथि राखी अनवरत मेहनत, लगनशिलता, क्षमता र प्रभावकारिताका साथ कर्म गरि यो उचाइमा पुर्याउन सहयोग गर्नुहुने केन्द्र परिवार( बिश्वास काफ्ले आशिश पान्डे , दुर्गा शर्मा, श्री धन बहादुर कुवँर , सब्न अधिकारी, मेघनाथ रिमल, कृष्ण छेत्री, रुपा भुसाल, खिम बहादुर थापा सबैलाइ  बधाइ दिदै सदैब हौसला प्रदान गर्ने कृषि विकास निर्देशनालय परिवार, कृषि, उर्जा तथा जलश्रोत मन्त्रालय परिवार, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेश परिवार प्रति कार्यालय कृषि ज्ञान केन्द्र पर्वत प्रमुख मनिता थापाले सामाजिक संजाल मार्फत हार्दिक धन्यवाद  ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय