नाजिर हुसेन   र कविता रायाको अभिनय रहेको म्युजिक भिडियो ‘मायामा यस्तो किन ? रिलिज गरिएको छ ।

बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा एलिना चौहानको स्वर सुन्न सकिन्छ । भिडियोमा वर्गीय विभेदले प्रेमिल जीवनमा आउने उतारचढाव देख्न सकिन्छ ।

नाजिर र कविताको प्रेम, विछोड र मिलनले दर्शकको मन छुन्छ । फिल्मी शैलीमा तयारी पाएको गीतको शब्द रचना तथा संगीत नरेश जोगीले तयार पारेका हुन् ।

गणेश चौधरीको संगीत संयोजन रहेको भिडियोमा निर्देशक चौहान स्वंयमको कोरियोग्राफी रहेको छ । पिके फिल्स्को ब्यानरमा निर्माण भएको भिडियोमा नवराज उप्रेती एण्ड टिमको छायांकन, कलर तथा सम्पादनको जिम्मेवारी मिलन बिश्वकर्माले सम्हालेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय