बुटवल : नेपाल मगर संघकाे स्थापना दिवस फागुन १५ गते सार्वजनिक विदा दिन माग गरिएकाे छ । नेपाल मगर संघ बुटवलले १५ फागुन मगर संघकाे स्थापना दिवस मात्रै नभएर मगर समुदायकाे महाभेला र छुट्टै पर्वकाे रुपमा विकास भईरहेकाे बताउदै मगर समुदायकाे सम्मानकाे लागि सार्वजनिक विदा दिन माग गरेकाे हाे ।
संघकाे ४१ ओैं स्थापना दिवसकाे अवसरमा आयाेजना गरिएकाे कार्यक्रमकाे बारेमा जानकारी गराउन शुक्रबार बुटवलका गरिएकाे पत्रकार सम्मेलनमा नगर अध्यक्ष बसन्ती साठीघरे मगरले हरेक समुदायकाे सांस्कृतिक र माैलिक पर्वमा सार्वजनिक विदाकाे व्यवस्था गर्न सरकारसंग माग गर्नु भयाे ।
त्यस्तै मगर समुदायकाे पहिचान संरक्षण, मगर भाषालाई पनि सरकारी कामकाजी भाषाकाे रुपमा प्रयाेग, विद्यालय शिक्षामा मगर भाषाकाे पाठ्यक्रम व्यवस्था गर्न उहाले आग्रह गर्नु भयाे ।
संघकाे स्थापना दिवसमा बुटवल नगर समितिले भाेली शनिबार बुटवल १५ उजेलापुरमा रहेकाे अपाङ्ग आश्रममा फलफूल तथा खाद्यान्न वितरण, दिवसकाे दिन १५ गते विहान बुटवलमा सांस्कृतिक झाकी सहितकाे र्याली र दिउसाे ओैपचारिक कार्यक्रम गरिने सचिव हेमन्त बुढाथाेकीले जानकारी गराउनु भयाे । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सम्बाेधन गर्ने कार्यक्रम तय गरिएकाे छ ।
२०३९ साल फागुन १५ गते तनहुकाे दमाैलीमा प्रथम राष्ट्रिय भेला गरिएकाे थियाे । त्यसै दिनलाई मगर संघकाे स्थापना दिवस मनाउदै आएकाे संघका लुम्बिनी प्रदेश सदस्य गाेपालबहादुर चाैहानले बताउनु भयाे ।
२०६८ काे जनगणना अनुसार नेपालमा मगर समुदायकाे संख्या १९ लाख बढी रहेकाे र त्यसमध्ये ७ लाखले मातृ भाषा बाेल्ने उहाँले जानकारी गराउनु भयाे । मगर समुदायकाे बाहुल्य रहेकाे लुम्बिनी प्रदेशमा विद्यालयमा मगर भाषाकाे पाठ्यक्रम लागू गर्न प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाईसकेकाे उहाँले जानकारी गराउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय