
पर्वत : जिल्ला मै पहिलो पटक बृहत स्वास्थ्य शिविर फलेवास नगरपालिका खानिगाँउमा सञ्चालन भएको थियो ।
लायन्स क्लब अफ काठमाडौं देउराली दियालो को आयोजना, नेपाल भारत मैत्री हस्पिटल काठमाडौं , धुलिखेल हस्पिटल फलेवास, हिमालय आँखा अस्पताल पोखरा प्राविधिक सहयोग, नगर अस्पताल फलेवास र स्वास्थ्य केन्द्रहरूको सहायतामा सञ्चालन भएको दुई दिने शिविरमा बागलुङ जिल्ला र पर्वत जिल्लामा रहेका विभिन्न नगरपालिका, गाउँपालिकाहरूका बिरामीहरूले सेवा लिनुभएको थियो ।





सेवा लिने बिरामीहरू ५० बर्ष भन्दा माथिका ७५ प्रतिशत थिए। ५ प्रतिशत बालबच्चा देखि २० बर्ष उमेर समुहका र २० प्रतिशत २० देखि ४९ बर्ष समुहले लाभ लिएका थिए।
बिहान ८ बजेबाट सुरु भएको शिविर बेलुका ६ बजे सम्म सञ्चालनमा थियो। बिरामीहरूको चाप सोचेको भन्दा धेरै थियो। बिरामीहरूका अनुसार बिहानै ६ बजे जिप चढेर र हिडेर आउँदा २ देखि ३ घन्टाको समय लाग्ने र सेवा लिएर फर्कदा बेलुका १० देखि ११ बजे पुग्ने बिरामहरूको गुनासो पोख्नु भएको थियो।
विशेषज्ञ डाक्टरहरूको भनाइ अनुसार यस शिविरमा बिरामीहरूले धेरै आश गरेर जचाउनको लागि आउनु हुन्छ र आउनु भयो । तर छोटो समयमा हामीहरूले दिने औषधि भन्दा पनि हामीहरूले दिने सुझाव सल्लाह र ज्ञान धेरै महत्वपूर्ण हुन्छ । र सरसति हेर्दा बिरामीहरू धेरै प्रेसरको देखिएकाले समाजमा सकारात्मक बिचार राख्नु पर्ने र यहाँ बाट कसरी हुन्छ कहाँ लगेर हुन्छ, बिरामीहरूलाई सेवा भरपुर दिनु पर्ने जनाउनु भएको थियो ।
फलेवासमा धुलिखेल हस्पिटलको अवस्था राम्रो र यहाँको सेवा सुविधामा नगरपालिका ,प्रदेश सरकार र स्वास्थ्य विभागले सहयोग रहने हो भने यहाँ यति धेरै बिरामीहरू पोखरा, काठमाडौं जान नै नपर्ने लायन्स क्लब काठमाडौंको समुह र नेपाल भारत मैत्री हस्पिटलका सदस्यहरूले बताउनु भयो। र फलेवासको वातावरण साथै नयाँ पाहुनालाई गर्ने सेवा प्रतिको आ आफ्नो हृदय भाव व्यक्त पनि गर्नु भएको थियो।
भोलानाथ शर्मा लम्सालको भनाई अनुसार म ८०, ८२ बर्षको भए र पनि केहि गरौँ भन्छु र काम मा क्रियाशील पनि छु भने तपाईँहरू पनि त हुनुहोस् न स्वास्थ्यमा सबैभन्दा पहिला बिचार स्वास्थ्य राख्नु पर्छ। भने उमेरले कुनै पनि काम गर्न रोक्दैन। पहिला काम गर्ने मन सफा हुनु पर्ने बताउनु भयो।
नगरप्रमुख गंगाधर तिवारीले उद्घाटन गरेको शिविरमा विशेषज्ञ डाक्टरहरूद्वारा पेट, छाति, मुटु, मधुमेह, हाडजोर्नी, दन्त परीक्षण, आँखाको चेकजाँच संगै महिलाहरूको लागि निशुल्क स्त्री रोग विशेषज्ञहरुद्धारा स्वास्थ्य परीक्षण निशुल्क औषधि प्रदान, नि:शुल्क चस्मा वितरण हुन।
साथै अप्रेसन र थप उपचारको लागि काठमाडौँ तथा पोखरा लगेर उपचार गराउनुपर्ने विरामिहरुको लागि के हुन्छ जानकारी प्राबिधिक टोलिको सहयोग लिएर ब्यवस्था गरिने आयोजकले जनाएको छ।
यस वृहत स्वास्थ्य नि शुलक शिबिर सञ्चालनको जिमेवारी कृष्ण प्रसाद सापकोटा थियो। उहाको जानाकारी अनुसार यो सेवा कुनै पनि बिदेशि निकायको नभए र यहा वरिपरिका दाजुभाईहरुको सहयोगले ल्याउन र पर्वत जिल्लामै पहिलो पटक २५०० देखि ३००० हजार बिरामीहरू लाई दुई दिनमा सेवा दिन सफल भएको र छोटो समयमा सेवालिन नपाउनु भएका प्रति माफि माग्दै फेरि पनि भेट हुने जानकारी हामिलाई जराउनु भएको थियो ।