सन्देश लामिछाने ,पर्वत : पर्वतको फलेवास नगरपालिका र महाशिला गाउँपालिका बाट मनमोहक शिखर देखिने माछापुछ्रे, तमु भाषा स् कतासुँ क्लिको, एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ ।
यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ ।
यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिंग गन्तव्य हो र अन्नपूर्णको दक्षिणतर्फबाट आधार शिविर र अन्य प्राकृतिक छटा एकदमै मनमोहक हुन्छ । माछाको पुच्छर जस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो ।
यसलाई अङ्ग्रेजीमा फिस टेल पनि भनिन्छ । यसलाई तमु भाषामा कतासुँ क्लिको भनिन्छ।
तस्बिरः गणेश पुरी , गगांराम रेग्मी , मित्र पाण्डे , सन्देश लामिछाने