काठमाडौं : मौलिक गायक प्रेम सापकोटा ‘सोनु’ र गायिका शान्ति श्री परियारको गीत  ‘‘तिम्रो घरबार’ मा मर्मस्पर्शी स्वर रहेको छ। गीतको शब्द याम प्रसाद निउरेले लेखेका हुन्। गीतको मेलोडी भने युवा सर्जक आयान न्यौपानेले तयार गरेका हुन्। गीतको म्युजिक अरेन्जमेन्ट गर्ने काम चाहिँ आकाश मगरले गरेका छन्।

‘राखेकीले ३/४ साल अल्झार
नदेउ चोट विगतलाई बल्झार’

‘पर्‍यो भने रुँदै हिन्न म
मेरो घरबार बिगार्‍यौ भने त
तिम्रो घर नि बन्न दिन्न म’

माथीका शब्दहरू ‘तिम्रो घरबार’ गीत भित्रका हुन्। यि शब्दहरु सुन्ने बित्तिकै जोकोहीलाई लाग्छ कि प्रेम सम्बन्ध सफल नभएपछि एक-अर्कालाई दिइने धम्कीका बाणीहरु हुन् भनेर।  बजारमा आइरहेका गीतहरू भन्दा नितान्त फरक गीत हो । यस्तो विषय वस्तुमा बनेका कमै गीतहरुको लिस्टमा पर्छ ।  बेग्लै विषयलाई गीतकार निउरेले यो गीतमा उतारेका छन्। गीतका शब्द अनुसार मेलोडी पनि सुहाउने खालको छ।

कलाकार लोमश शर्मा र अस्मिता रनपाल भिडियोमा फिचर्ड छन् । पछिल्लो समय यि दुबै कलाकारलाई दर्शकले रुचाइएका हुन् । भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन्। दिनेश पराजुलीले भिडियो खिचेका हुन् । अमृत चापागाईंले भिडियो सम्पादन गर्ने काम गरेका छन्। गीत गायक प्रेम सापकोटा ‘सोनु’को युट्युव च्यानलबाट रिलिज गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय