काठमाडौं :  नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय सुधारका लागि भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति बनाएको छ । पर्यटनमन्त्री सुदन किरातीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा समिति बनाएका हुन् ।

निगमको सुधारका लागि भन्दै पछिल्लो दुई दशकयता गठन भएको यो आठौं समिति हो । अघिल्लो पटक योगेश भट्टराई पर्यटन मन्त्री हुँदा पनि समिति बनेको थियो ।
तर यस्ता अध्ययन समितिको प्रतिवेदनको कार्यान्वयन हुन सकेको छैन । बरु मन्त्रीपिच्छे नयाँ नयाँ समिति बनाउने र दराजमा थन्काउने प्रवृत्तिकै रुपमा देखिएको छ ।

नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेल २०५८ सालमा गठन भएको दामोदरप्रसाद गौतमको प्रतिवेदन कार्यान्वयन गर्ने हो भने अरु केही गर्नै नपर्ने बताउँछन् । ‘निगमको समस्या सबैलाई थाहा छ, गर्नुपर्ने काम के हो भन्ने पनि थाहा छ’, उनी भन्छन्, ‘त्यो आँट कहिले र कसले गर्ने भन्ने मात्र हो । यसका लागि थप एक अध्ययन प्रतिवेदनको जरुरी नै छैन ।’

यसअघिका ७ वटै समितिको प्रतिवेदनका निष्कर्ष एउटै आएकाले पनि नयाँ समिति बनाउनु नपर्ने उनी बताउँछन् । ‘मन्त्रीज्यूले अलिकति समय निकालेर ७ वटा प्रतिवेदन पढेर सिधै सुधारमा लागेको भए हुन्थ्यो’, उनले भने, ‘थप एक समिति बनाएर जानु भनेको काम गरेजस्तो देखाउने शृङ्खला मात्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय