पर्वत : आकाशे पानीमा निर्भर हुने पर्वतको धान रोपाई पछाडि धकेलिएको छ । समयमा वर्षा हुन नसक्दा यस वर्ष साउनको पहिलो हप्तासम्म कृषकले ८४ प्रतिशत मात्रै धान रोपेको अनुमान गरिएको  छ ।  भने गत वर्ष यो अवधिसम्ममा कृषकले ९० प्रतिशत धान रोपिसकेका थिए ।

खडेरी परेर पानीको मूल फुट्न  समयमा नसकेको कारण गत वर्ष भन्दा यस वर्ष धान रोपाई दुई हप्ता पछि सरेको हो । जेठ र असार महिनामा खडेरी परी कृषकहरुले समयमा धानको विउ राख्न पाएका थिएनन् । जिल्लाको कृषियोग्य क्षेत्रमध्ये ७७८४ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । कृषियोग्य जमिन मध्ये ३८ प्रतिशतमा सिचाई सुविधा पुगेको छ । कृषियोग्य जमिनमध्ये ११ प्रतिशत जग्गा आकाशे पानीको भर पर्नेछ ।

कृषि कार्यालय पर्वतका अनुसार प्रति हेक्टर ३.३ मेट्रिक टन बराबर धान उत्पादन हुने अनुमान गरेको छ । अघिल्लो वर्ष पर्वतमा २६ हजार मेट्रिक टन बराबर धान उत्पादन भएको थियो ।

कृषि कार्यालयका बाली संरक्षण अधिकृत आशीष पाण्डे भन्नु हुन्छ–“आउने समयमा वर्षाले साथ दियो भने जिल्लामा धान उत्पादनमा गत वर्षको भन्दा कमि हुने छैन । पर्वतकै पैयुँ भन्ने स्थानमा लगाइएको धान खेतीमा खैरो थोप्ले रोग देखिए पनि अन्यत्र अहिलेसम्म कुनै समस्या देखिएको छैन । धानबालीलाई सिंचाई पुगेमा र रोग नलागेमा उत्पादनमा कमि हुने सम्भावना रहदैन ।” अधिकृत पाण्डेका अनुसार पर्वतमा साउनको २५ गतेसम्म कृषकहरु धान रोपाईको कार्य गर्दछन् । जिल्लाको पकुवा, ज्ञादी, पाङ, अर्मादी, खुर्कोट, पैयुँ लगायतका फाँटहरु धान खेतीका लागि परिचित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय