
सन्देश लामीछाने : आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइ घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ।
महिलाहरूलाई पराइ घरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् । भने कोही आफ्ना दुख का बेदनाहरू साटेर मनाउने गर्छन् ।





छोराछोरि राम्रै भएको हेर्ने मन हरेक अभिभावकलाई हुन्छ। पूर्वय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। केटा देख्दा राम्रो धनी भएर मात्रै हुदैन् । कस्तो संस्कारमा हुर्किएको छ। कस्तो व्यवहार गर्छ भन्ने हुन्छ । यस्तै श्रीमानले दिएको पीडालाई टपक टिपेर शब्द र संगीत प्रेम सापकोटा सोनु तिज गीत छैन मलाई सुख । यसपालि तिजमा ल्याएका छन् । सार्वजनिक भएको छोटो समयमा धेरै दर्शकहरूको मन जित्न सफल पनि भएको छ ।
आमाले भाग्य लेख्न मिल्नी भाको भा
लेख्थिन् होला सुख, पाँउथिन कि दुख ….. यस्तै भावुक बनाउने शब्दहरू गीतमा रहेका छन् । भने गीतमा स्वर शान्तिश्री परियार, शब्द र संगीत प्रेम सापकोटा सोनु, संगीत संयोजक विनोद बाजुराली, रेकर्डिस्ट सागर बाजुराली, ध्वनि मिश्रण खडक बाजुराली, रेकर्डिङ स्टुडियो मालाश्री हुन भने भिडियो क्रेडिट निर्देशन अडियोग्राफी शेखर घर्ती मगर, छायांकन दुर्गा पौडेल , सम्पादक प्रकाश धमला, मेकअप आर्टिस्ट रोजिना श्रेष्ठ, फिचर स्मारिका ढकाल, अन्य कलाकारहरू शिशिर पौडेल, घनश्याम ढकाल र छविका ढकाल रहेका छन्। उक्त तिज गीतको भिडियो प्रेम सापकोटा सोनु नामक युट्युब बाट सार्वजनिक भएको छ ।