सन्देश लामीछाने, पर्वत :  यदि लाग्छ भने सबै भन्दा गाह्रो कुरा सपना देखेर पुरा गनु हो । सपनालाई पुरा गर्न कलपनामा हराउनु साच्चिकै यो एउटा पागलपन नै हो । चार पाँच जना साथीहरूले तपाइको कल्पना देखेर पागल भन्दैन भने सोच्नु होस् कि तपाईको सपना अझै सानो छ। नेपालमा केहि गर्नु पर्छ भन्ने मन मा लागेर विश्वकै अग्लो बन्जीकोएउटा सपना देखेका राजु कार्कीले कसरी पुरा गरे होलान् त भन्ने कुरा अचम्मै लाग्छ होला नि।

कार्की भन्नु हुन्छ “काठमाडौं, पोखरा देखि अल्लि टाढा रहेको गहिरो खोच पर्वतको कुश्मा मा चल्न सक्छ र भन्ने प्रश्नहरू त्यस बेला धेरै आएका थिए तर पनि हैन यो गर्न सकिन्छ भनेर सुरू गर्दा  सबैजनाको माया र साथ सबै भन्दा महत्वपूर्ण थियो। संचालन मा आए पछि दैनिक हेर्न कै लागि भए पनि ५ सय देखि १ हजार जना पर्यटक आएर आ-आफ्नै तरिकाले रमाएर जानुहुन्छ ।” आँखीझ्याल डट कम ले तयार पारेको भिडियो

द क्लिफ प्रा.लि ले निर्माण गरेको बन्जी, स्विङ, नेपालकै एकमात्र स्काई साइक्लिङ, स्काई च्यर हर्स राइडिङ र गुलेली शैलीको पिङ व्यावसायिक रुपमा सञ्चालन छन्। कालीगण्डकीको गहिरो खोँचमा ५२५ मिटर लामो लट्ठामा झुण्डिएको आकर्षक पुल २०७३ सालदेखि निर्माण थालिएको थियो।

विश्वकै सबैभन्दा ऊचाइमा सञ्चालित कालीगण्डकी खोँचको स्काई साइक्लिङ २२८ मिटर अग्लो छ भने लम्बाइ ३०० मिटर छ। दुइतर्फी ३०० मिटर लम्बाइ रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लिङ गर्न मिल्ने छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्काई साइक्लिङ तयार गरिएको र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइएको छ। अझै नयाँ नयाँ खेलहरू पनि सञ्चालन हुदै छन् । बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ पनि सञ्चालनमा रहेको छ।

 

अध्यक्ष कार्कीसँगै कुश्माबजारका व्यवसायी युवराज जोशी, नेत्रप्रसाद पराजुली, राजन जोशी र नवराज शर्मा लगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग छ ।

उत्तरतर्फ फर्किंदा देखिने मुस्कुराइरहेको गगनचुम्बी हिमाल ;  तलपट्टि कहालीलाग्दो खोँचमा बगिरहेको कालिगण्डकी नदी ; हिमाल र नदीबाट आइरहेको सिरसिर बतासको चिसो स्पर्श; वरिपरि हरिया डाँडा, सुन्दर कुस्मा बजार र तारेभीर । पर्वतको कुस्मा र बाग्लुङको बलेवा जोड्ने विश्वकै अग्लो झोलुंगे पुलमा खुट्टा राख्नेबित्तिकै ज्यान सिरिंग गर्न थालिहाल्छ । नजिकै रहेको गुप्तेशोर गुफा , शताब्दी घर अवलोकन गर्ने र मज्जा लिन आउनेहरू लाई यस ठाउँ एउटा सपना जस्तै छ। एकै दिनमा हेर्नु घुम्नु र जानु भन्दा  दुर्इ तिन दिन बसेर आनन्द लिन र बुझन्को लागि पर्वत जिल्ला एक्दमै अध्यनको लागि यो राम्रो अवसर पनि हो ।   । पर्वतलाई साहसिक पर्यटनमा चिनाउन बन्जीको महत्वपूर्ण खेलेको  भुमिका  छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय