आँखीझ्याल खबर :  विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङलगायत एड्भेन्चर सञ्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर ‘वाल क्लाइम्बिङ’ सुरु गरेको छ।

करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो। ‘बिले गाइड’ को मद्दतले वाल चड्न सकिन्छ। वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ।

आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उद्देश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्की बताउँछन्।

कति लाग्छ शुल्क?

द क्लिफको ‘ब्रिज प्रवेश शुल्क’ ५ सय रुपैयाँ तिरेपछी उक्त टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ। उक्त टिकटबिना चड्नेले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ।

31691301066.jpg

कसरी पुग्ने?

पोखराबाट ५५ किलोमिटर दुरीमा कुश्मा पुगिन्छ। आफ्नो सवारीसाधनमा जाँदा डेढ घन्टामा सहजै पुगिन्छ। पोखराबाट मुस्ताङ जाँदा बाटैमा पर्ने क्लिफ जान आन्नपूर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमीटर पश्चिम यात्रा गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय