आँखीझ्याल खबर :

कुनै पनि मान्छेको मृत्यु पछि पनि उसको मस्तिष्क १५ मिनेट सम्म जिवित हुन्छ र त्य‍ो १५ मिनेटमा उसको जीवनमा घटेका हर घटनाहरु सविस्तार रिकल हुन्छ। त्यही कथा र परिवेशलाई  टपक्क टिपी बनाईएको नाटक आतुरकाल हो ।

इन्द्रेणी थियटर पोखराको नाटक ‘आतुरकाल’  काठमाडौंको रसियन हाउसमा मञ्चन भएको छ।रसियन हाउस र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा यहि भाद्र २१ र २२ गते, साँझ ५ बजे नाटक मञ्चन भएको हो।  लेखक केदारनाथका पौडेलका अनुसार यो नाटक विशेषत: गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको र एकालापमा कोरश प्रयोग गरिएको नाटक हो।

नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ-आफ्नै सभ्यताहरू छन्। एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्छ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ।

निर्देशक कपिल शर्माले निर्देशन गरेको नाटक ‘आतुरकाल’ मा लक्ष्मण डुम्रेको मुख्य भुमिका रहेको छ। गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटकमा डुम्रे सहित ६ जना कलाकारहरुको अभिनय रहेको छ।

यो नाटक यसअघि २०७९ फाल्गुन  ५ देखी ११ गते सम्म पोखरा स्थित गन्धर्व नाटकघरमा  मञ्चन गरेको थियो।

तस्वीरहरु:-सन्देश लामिछाने 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय