नवलपुर, १५ कात्तिक :  नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ म्यानेजमेन्टमा खेलकुद सप्ताह सुरु भएको छ ।

कलेजले इन्डोर र आउटडोर गरी दुई समूहमा खेलकुद प्रतियोगिता आयोजना गरेको कलेजका सहायक प्राचार्य तिलकराम पन्थीले जानकारी दिनुभयो । कलेजमा इन्डोर खेलकुद अन्तर्गत टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन, हाजिरीजवाफ, बुद्धिचाल (चेस)लगायतका खेल तथा आउटडोर खेलकुद अन्तर्गत भलिबल, फुटबल, फुटसल तथा म्याराथुन प्रतियोगिता हुने पन्थीले बताउनुभयो ।

प्रतियोगिता अन्तर्गत छात्र र छात्राको फरक फरक प्रतिस्पर्धा हुने पन्थीले बताउनुभयो । कलेजले आयोजना गरेको खेलकुद सप्ताहमा प्लस टु तथा स्नातक तहमा अध्ययन गर्ने सबै सङ्कायबाट विद्यार्थीहरुको सहभागिता रहेको उहाँको भनाइ छ ।

आज (बुधबार)देखि सुरु भएको खेलकुद सप्ताहको उद्घाटन कलेजका प्रिन्सिपल प्राध्यापक इन्जिनीयर हरि भण्डारीले बेलुन उडाएर गर्नुभएको थियो । विद्यार्थीहरुलाई पढाइसँगै खेलकुदमा समेत सक्रिय बनाउँदै उनीहरुको चौतर्फी विकासका लागि खेलकुद सप्ताह आयोजना गरिएको भण्डारीले बताउनुभयो । खेलकुदका गतिविधिले विद्यार्थीहरुको शारीरिक तथा मानसिक अवस्था स्वस्थ बनाउँदै असल नागरिक उत्पादनमा सहयोग पु¥याउने भएकाले कलेजले हरेक वर्ष खेलकुद सप्ताह आयोजना गर्दै आएको भण्डारीको भनाइ छ ।

खेलकुदले मानिसलाई अनुशासित बनाउने भएकाले पनि खेलकुद अपरिहार्य भएको उहाँको भनाइ छ । खेलकुद सप्ताहको समापनका दिन सबै प्रतियोगितामा विजयी हुने खेलाडी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय