
२६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमकाे प्रमुख प्रशिक्षकबाट अलग्गिएकाे घाेषणा गरेका हुन् ।





गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए ।
तर १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका थिए । विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी महिनादेखि उतै बसेका थिए ।