
काठमाडौँ, असोज –११ :
नायिका रेखा थापा आमा बन्दै छिन् । उनी पहिलो सन्तानलाई जन्म दिंदैछिन् ।





गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आउँदो फागुन–चैतमा आमा बन्न लागेकी हुन् । आगामी फागुन–चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेको रेखाले जानकारी दिइन् । अहिले रेखाको गर्भमा चार महिनाको शिशु हुर्किरहेको छ ।
चिकित्सकले फागुन–चैतलाई डेलिभरी डेट दिएको र वैशाखमा उनको नयाँ फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ । शिशुको जन्म र फिल्मको रिलिज सँगै हुने भएपछि रेखा खुसी छिन् ।
रेखाले सोमबार फेसबुकमा श्रीमानसँगको एक तस्वीर सेयर गर्दै ‘भविष्य पनि गज्जबको उपहार हो, जो आउँदा नआउँदै हामीलाई किस्ता किस्तामा पठाइदिन्छ,’ लेखेकी छन् ।