Aankhijhyaal.com -आँखी झ्याल डट कम

दिपसागर पौडेल : पर्बत 

कुस्मानगरपालिका ७ स्थित रहेको खरेहा प्राबीले सम्पुर्ण अभिभावकहरुको भेला गरि ब्यबस्थापन समिती र अभिभावक भेला गरि अभिभावक भेलाबाट बिध्यालय ब्यबस्थापन समिती चयन एक समारोहका साथ बुधबार सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष परसुराम पुरीले बिधालय परिवारको बिचमा रहेको खरेहा प्राबीले निकै उत्कृष्ट कार्यहरू गर्दै आइरहेको र भाइबहिनीहरुलाइ गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी निकै महत्त्वपूर्ण भुमिका बिधालय परीवारले खेलेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकृत तथा सोहि कार्यक्रमका प्रमुख अतिथी अर्जुन पौडेलले सामुदायिक बिधालयको ओरालो सबै ठाउँमा उस्तै समस्या रहेकोे बताउदै बिधालय ब्यबस्थापन समितिले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।

भेलाले चार जना अभिभावकलाई सर्बसम्मत रुपमा बिध्यालय ब्यबस्थापन समितिमा चयन गरेको छ।

जसको रुद्र प्रसाद पाध्याको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षिका भोजकुमारी शर्मा र सञ्चालन शिक्षक चुडामणिा शर्माले गर्नुभएको थियोे कार्यक्रममा प्रधानाध्यापक नारायण गिरि समाजसेवी खेमनाथ शर्मा भडखोरे सामुदायिक बनका कोषाध्यक्ष बालकृष्ण शर्मा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख सागर पौडेल टोलबिकास संस्थाका संयोजक सुबास श्रेष्ठ र लक्ष्मीकान्त शर्मा धौलागिरी बहुमुखी क्यापसका पुर्ब प्राध्यापक लक्ष्मी प्रसाद शर्मा र नगरपालिका प्रतिनिधि लालप्रसाद सुवेदी लगायतले बोल्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय