
बागलुङ : ढोरपाटन उपत्यका र सिकार आरक्षबारे धेरैको चासो रहन्छ । त्यहाँ पुग्न चाहने पनि धेरै छन् । तर सडक संजाल अप्ठ्यारो छ । न ढोरपाटनमा आरामदायी होटल नै पाइन्छ । हरेक वर्ष दुइ पटकसम्म यहाँ सिकार खुल्छ । त्यसका लागि हेलीकोप्टरमार्फत विदेशी सिकारी जान्छन् । सिधै ब्लाकमा पुगेर सिकार गरेपछि फर्कन्छन् । त्यसले ढोरपाटन उपत्यकाको पर्यटन प्रवद्र्दनमा खासै फरक परेको छैन ।
त्यतिमात्र हैन, ढोरपाटन उपत्यकामा अझै सडक अभाव छ । बुर्तिवाङदेखि कच्ची सडकको यात्रा गर्नुपर्छ । हाल बुर्तिवाङदेखि ढोरपाटन सम्मको ३६ किमी कच्ची सडक पर्यटकका लागि समस्या बनेको छ । सालझण्डी ढोरपाटन सडक आयोजनाको काम १६ वर्षसम्म सम्पन्न नभएपछि पर्यटक सहजै ढोरपाटन पुग्न नपाएका हुन् ।





घर्तीले भने, ‘जंगलमा ढलेको रुख र घाँसदाउरा काट्न पनि पाइदैन ।’ ढोरपाटन उपत्यकामा ६ सयबढी घरधुरी छन् ।
खेतीपाती, घाँसदाउरा गर्न पनि आरक्षले रोक्दा जिविकोपार्जनमा पनि सास्ती खेपेको स्थानीय नरमती पुनले बताइन् । आरक्षका प्रमुख संरक्षण अधिकृत पशुपति चौधरीले राज्यको कानून र नीति अनुसार तथा आरक्षको नीतिगत व्यवस्था अनुसार काम गरेको बताए । राज्यले आरक्षको क्षेत्र सिमित गरेको खण्डमा वा काम कर्तव्यमा हेरफेर गरेमा आरक्षले पनि सोही अनुसार काम गर्ने बताए ।