
काठमाडौं, पुस ६
काठमाडौंमा एकैदिन दुई स्थानमा आगलागी हुँदा झन्डै ६ करोडको क्षति भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मूलपानी र नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा आगलागी हुँदा झन्डै ६ करोडको क्षति भएको हो ।
युवराज केसीको मूलपानीे पीपलबोटस्थित रंग पसलमा सोमबार बिहान आगलागी भएको थियो । आगलागी हुँदा ४ करोडभन्दा बढीको रंग जलेर नष्ट भएको छ ।





सोमबार नै दिउँसो करिब ३ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार आगलागीमा २ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट